३ भाद्र २०८३, बुधबार
,
Latest
कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोकियोमा ११ घण्टा लामो संघर्षपछि बन्धकको मृत्यु



अ+ अ-

टोकियो, जापान ।  जापानी प्रहरीले शुक्रबार बिहान टोकियो नजिकैको झडपमा एक व्यक्तिलाई पक्राउ गरेपछि एक बन्धकको मृत्यु भएको छ भने अर्का एकजना बेहोस अवस्थामा छन् ।

एक ६६ वर्षीय व्यक्तिले बिहीबार राति टोकियो नजिकैको आफ्नो घरमा भेट्न गएका तीन जना स्वास्थ्यकर्मीहरूलाई आक्रमण गर्दै तीमध्ये एकलाई गोली हानेका थिए ।प्रहरीका अनुसार ती बन्धक मृतक ४४ वर्षीय डाक्टर जुनिची सुजुकी रहेको क्योडो न्यूजले जनाएको छ ।

गोली प्रहारबाट ४१ वर्षीय फिजियोथेरापिस्ट भने बेहोस अवस्तामा रहेका छन् । घटनाको पूर्ण र वास्तविक विवरण आउँन बाँकी रहेको जनाइएको छ। (रासस-एएनआई)