१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्र गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिने शोक घोषणा, कार्यालयमा झण्डा आधा झुकाइने मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीका मिचेल मार्शले अब आईपीएलका बाँकी खेल नखेल्ने, अष्ट्रेलिया फर्किए



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ मा पुनरागमन गर्न खोजिरहेको दिल्ली क्यापिटल्स र उसका फ्यानहरूका लागि नराम्रो खबर आएको छ । टोलीका स्टार अलराउन्डर चोटका कारण अष्ट्रेलिया फर्किएका छन् । मिचेल मार्स अब आईपीएल २०२४ मा खेल्ने छैनन् ।

वास्तवमा, टी-२० विश्वकप आईपीएल समाप्त भएपछि तुरुन्तै खेलिनेछ । मार्स अस्ट्रेलियाको टी-२० टोलीका कप्तान हुन् । यस्तो अवस्थामा क्रिकेट अष्ट्रेलियाले उनलाई उपचारका लागि फिर्ता बोलाएको छ ।

अलराउन्डर मिचेल मार्स दाहिने ह्यामस्ट्रिङको चोटको उपचारका लागि अष्ट्रेलिया फर्किएका छन् । उनको प्रस्थान दिल्ली क्यापिटल्सका लागि ठूलो धक्का मानिएको छ । ईएसपीएन क्रिकइन्फोका अनुसार मिचेल मार्सलाई जुनमा हुने टी–२० विश्वकपका लागि अष्ट्रेलियाको कप्तान नियुक्त गर्ने तयारी गरिएको छ ।

दिल्ली टिम व्यवस्थापनसँगको परामर्शपछि उनलाई फिर्ता बोलाइएको हो । यद्यपि, अहिले नै भने उनले आइपिएल २०२४ मा खेल्न पाउने वा नपाउने भन्ने अन्तिम निर्णय भइसकेको छैन ।

मिचेल मार्सले दिल्लीका लागि अन्तिम खेल कोलकाता नाइट राइडर्सविरुद्ध खेलेका थिए । यसपछि उनले मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्ट्सविरुद्धको टोलीका अन्तिम दुई खेल खेल्न सकेनन् । राजस्थान रोयल्स विरुद्ध मार्सको यो सिजनमा सर्वाधिक २३ रन रहेको छ । यो खेल राजस्थानले १२ रनले जित्यो । योसँगै उनले कोलकाता नाइट राइडर्सविरुद्ध खाता खोल्न सकेनन् ।

मार्स बाहेक अस्ट्रेलियाका ओपनर डेभिड वार्नरको चोटका कारण पनि दिल्ली क्यापिटल्सको समस्या बढेको छ । टोलीले आफ्नो अर्को खेल बुधबार गुजरात टाइटन्ससँग खेल्ने छ । शुक्रबार लखनउ सुपर जाइन्ट्स विरुद्ध क्याच लिने क्रममा वार्नरको औंलामा चोट लागेको थियो । उनको औंलामा सुन्निएको थियो र टोली अहमदाबाद पुग्दा उनको स्क्यान गरिएको थियो । वार्नरको स्क्यानमा अझै अपडेट आउन बाँकी छ ।




भर्खरै