१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढुक्क हुनुस्, देशको विकास गरेरै छोड्छु : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वाभिमान माथि उठाउन र विकासका सबालमा अब घुँडा टेक्नुपर्ने कुनै अवस्था नआउने बताएका छन् । शनिबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको स्वाभिमान बचाउन आफूले अगुवाई गर्ने समेत बताएका हुन् । 

'निरंकुश राजतन्त्र हुँदा घुँडा टेकिएन । पञ्‍चायती तानाशाही हुँदा घुँडा टेकिएन । कुनै पनि अवस्थामा घुँडा टेकिएन । नेल, हत्कडी लगाएर गोलघरमा थुन्दा घुँडा टेकिएन । अब घुँडा टेक्नुपर्ने कुनै अवस्था छैन,' ओलीले आग्रह गर्दै भने, 'नेपालको स्वाभिमानलाई माथि उठाइन्छ साथीहरु ढुक्क हुनुस् ।'

प्रधानमन्त्री ओलीले देशको रक्षाका लागि आफूले जनतालई धोका नदिनेसमेत बताए । 'तपाईंहरुले धोका पाउनुहुन्‍न, देशको राष्ट्रियता रक्षा, राष्ट्रिय हितको रक्षा, स्वाधिनताको सही अर्थमा रक्षा र प्रयोग, जमिनको रक्षा अहिलेको सरकारले गर्नेछ । त्यसको अगुवाई मैले गर्नेछु तपाई्हरु ढुक्क हुनुस् ।' 

यस्तै ओलीले अबको केही वर्षभित्र जनताले अनुभूत हुने गरी विकासका लागि सरकार लागीपरेको बताए । 'दाजुभाइ, दिदीबहिनीहरु ढुक्क हुनुस् । देशको विकास गरेरै छोडिन्छ, केही वर्षभित्रै जनताले अनुभूत गर्नेगरी विकास हुन्छ' उनले भने 'आफू प्रधानमन्त्री भएपछि राष्ट्रियता, लोकतन्त्र, विकास निर्माण, शिक्षा स्वास्थ्य क्षेत्रका पूर्वाधार विकासको पक्षमा काम गरेको भन्दै उनले आत्मविश्वासका साथ अगाडि बढ्न नेता, कार्यकर्तालाई आग्रह गरे । '