१३ श्रावण २०८३, बुधबार
,
Latest
गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिने शोक घोषणा, कार्यालयमा झण्डा आधा झुकाइने मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्थानको आईपीएलमा पाँचौं जित, पञ्जावले राख्यो नचाहेको रेकर्ड



अ+ अ-

काठमाडौँ । आईपीएल २०२४ को २७ औं खेल शनिबार राजस्थान रोयल्स र पञ्जाब किंग्सबीच खेलिएको छ ।

रोमाञ्चक खेलमा राजस्थानले पञ्जाबलाई तीन विकेटले पराजित गर्दै जितको लयमा फर्किएको छ । सिजनको पाँचौं जितसँगै टोली अंक तालिकाको शीर्ष स्थानमा यथावत छ ।

योसँगै पञ्जाब किंग्स चार अंकसहित आठौं स्थानमा पुगेको छ । टस हारेर पहिले ब्याटिङ रोजेको पञ्जाबले आशुतोष शर्माको ३१ रनको इनिङ्सको आधारमा २० ओभरमा आठ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

जवाफमा राजस्थानले एक बल बाँकी रहँदा सात विकेट गुमाएर १५२ रन बनाउँदै खेल तीन विकेटले जित्यो ।

अन्तिम ओभरको रोमाञ्चक
इनिङ्सको २० औं ओभर रोमाञ्चले भरिएको थियो । हेटमायरले अर्शदीप सिंह विरुद्ध आक्रामक अडान लिएका थिए । यो ओभरमा राजस्थानलाई जितका लागि ६ बलमा १० रन आवश्यक थियो । पहिलो र दोस्रो बलमा कुनै रन बनाउन सकेन । तेस्रो बलमा हेटमायरले शक्तिशाली छक्का प्रहार गरे ।

अब राजस्थानलाई जितका लागि तीन बलमा चार रन आवश्यक थियो । चौथो बलमा हेटमायरले लङ अनतर्फ प्रहार गर्दै दुई रन बनाए । अब टोलीलाई दुई बलमा दुई रन चाहिएको थियो । हेटमायरले पाँचौं बलमा शक्तिशाली छक्का प्रहार गर्दै खेल राजस्थानको हातमा पुर्याए । यो बलियो प्रदर्शनका लागि उनी ‘प्लेयर अफ द म्याच’ चुनिए ।

लक्ष्य पछ्याउने क्रममा राजस्थानले राम्रो सुरुवात गरेको थियो । यशस्वी जैसवाल (३९) र तनुष कोटियान (२४) बीच पहिलो विकेटका लागि ५६ रनको साझेदारी भयो । टोलीलाई तेस्रो झट्का कप्तान सञ्जु सामसनको रूपमा कागिसो रबाडाले एलबीडब्ल्यू आउट गरेका थिए । उनी एक चौका र छक्काको मद्दतमा १८ रन बनाएर फर्किए ।

रियान परागले २३ रन, ध्रुव जुरेलले ६ रन, रोभमान पावेलले ११ रन र केशव महाराजले एक रन जोडे । सिमरोन हेटमायरले २७ रन बनाएर अविजित रहे । उनलाई ट्रेन्ट बोल्टले साथ दिएका थिए जो खाता नखोल्दै अविजित रहे । हेटमायरले अन्तिम ओभरको पाँचौं बलमा म्याच विजयी छक्का प्रहार गरे । पञ्जाबका लागि साम करन र कागिसो रबाडाले २–२ विकेट लिए भने अर्शदीप सिंह, लियाम लिभिङस्टोन र हर्षल पटेलले एक–एक विकेट लिए ।

मुल्लानपुरमा भएको खेलमा पञ्जाबका ब्याट्सम्यान राजस्थानविरुद्ध संघर्षरत देखिएका थिए । टस हारेर पहिले ब्याटिङमा आएको पञ्जाबको टोलीले खास सुरुवात गर्न सकेन । अथर्व टाइडे र जोनी बेयरस्टोबीच पहिलो विकेटका लागि २७ रनको साझेदारी भयो । चौथो ओभरमा आवेश खानले अथर्वलाई शिकार बनाए । उनी यस खेलमा शिखर धवनको स्थानमा खेलिरहेका थिए । टोलीलाई दोस्रो झट्का युजभेन्द्र चहलले ४१ रन बनाएर दिए । स्टार स्पिनरले प्रभसिमरन सिंह (१०) लाई आउट गरे ।

यसपछि केशव महाराजले जोनी बेयरस्टोलाई निशाना बनाए । उनले आठौं ओभरको अन्तिम बलमा पञ्जाबलाई तेस्रो झट्का दिए । बेयरस्टो १५ रन बनाएर फर्किए ।

यस खेलमा साम करनले ५ रन र शशांक सिंहले ९ रन बनाए । आवेश खानले राम्रो फर्ममा देखिएका जितेश शर्मालाई १०३ रनको स्कोरमा प्याभिलियन पठाए । उनले एक चौका र दुई छक्का प्रहार गर्दै २९ रन बनाउन सफल भए । यसपछि लियाम लिभिङस्टोन २१ रन बनाएर फर्किए । उनी सञ्जु सामसनबाट रनआउट भए ।

आशुतोष शर्मा डेथ ओभरमा पञ्जाबका लागि समस्या निवारक साबित भए । उनले १६ बलमा ३१ रनको इनिङ खेले । यस क्रममा उनले १९३।्.७५ को स्ट्राइक रेटमा एक चौका र तीन छक्का प्रहार गरे । उनलाई अन्तिम ओभरको अन्तिम बलमा केशव महाराजको हातमा ट्रेन्ट बोल्टले क्याच आउट गराए । हरप्रित ब्रारले तीन रन बनाएर अविजित रहे ।

पञ्जाबको नाममा नचाहेको रेकर्ड दर्ता
यस खेलमा पञ्जाब किंग्सको नाममा एक अनावश्यक कीर्तिमान दर्ता भएको थियो । पावरप्लेमा पञ्जाबले ३८र१ स्कोर बनाएको थियो । यो आईपीएल २०२४ को चौथो सबैभन्दा कम स्कोर हो । यो सूचीमा पञ्जाबको नाम शीर्ष स्थानमा छ । सनराइजर्स हैदरावादविरुद्धको खेलमा पावरप्लेमा टोलीले २७र३ रन बनाएको थियो ।

जारी आईपीएलमा सबैभन्दा कम पावरप्ले स्कोर
२७/३ पञ्जाब किंग्स विरुद्ध सनराइजर्स हैदरावाद, मुल्लानपुर
३१/२ राजस्थान रोयल्स विरुद्ध दिल्ली क्यापिटल्स, जयपुर
३२/२ चेन्नई सुपर किंग्स विरुद्ध दिल्ली क्यापिटल्स, विशाखापट्टनम
३८/१ पञ्जाब किंग्स विरुद्ध राजस्थान रोयल्स, मुल्लानपुर
४०/१ पञ्जाब किंग्स विरुद्ध रोयल च्यालेन्जर्स बैंगलोर, बैंगलोर

 




भर्खरै