२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलसँग म्यानचेस्टरको बराबरी



अ+ अ-

लन्डन । शनिबार लगातार तेस्रो खेलमा म्यानचेस्टर युनाइटेडले अधिकतम अंक जोड्न असफल रह्यो र इंग्लिस प्रिमियर लिगमा आर्सनलसँग इमिरेट्स स्टेडियममा गोलरहित बराबरीमा रोकियो । यसअघि म्यानचेस्टर सिटीले ग्याब्रिएल जेससको गोलमा सेफिल्ड युनाइटेडलाई १–० ले हरायो । यो क्लबको कीर्तिमानी लगातार १२ औं जित हो ।

यस नतिजापछि सिटी २० खेलबाट ४४ अंकसहित शीर्ष स्थानमा कायम रह्यो । छिमेकी म्यानचेस्टर भने २१ खेलबाट ४१ अंकमा दोस्रो स्थानमा छ ।

शनिबारका अन्य खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–०, क्रिस्टल प्यालेसले उल्भ्सलाई १–० र न्युकासल युनाइटेडले एभरटनलाई २–० ले हरायो । यस्तै वेस्ट ब्रुम र फुलहमले २–२ को बराबरी खेले ।