२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई

प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई
अ अ+ अ-

काठमाडौँ । प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को उपाधि वडा नं १५ ले चुमेको छ । वडा नं १४ लाई एकगोलका विरुद्ध तीन गोल गर्दै वडा नं १५ ले रु ७५ हजारसहित  ट्रफी र पदक चुुम्न सफल भएको हो । वडा नं १५ का तर्फबाट फुटसलका  खेलाडी सुशान्त घिमिरे, समीर कार्की, रोहित थापा, अविरल रिजाल, सजिव रिजाल, रञ्जन श्रेष्ठ मैदानमा उत्रनुभएको थियो भने वडा १४ का तर्फबाट डेनियल श्रेष्ठ, अजित महर्जन, दिलकुमार महर्जन, रमन महर्जन, विजय थापा, सुदन कार्की र साहिल रानाले प्रतिष्र्धा गर्नुभएको थियो । 

नगरपालिकाको सर्वाधिक राशिको सो अन्त्यन्त रोमञ्चकारी प्रतिष्पर्धामा वडा नं १४ ले दोस्रो भई रु ४० हजारसहित ट्रफी र पदक  हात पा¥यो  ।  वेष्टर्न युनाइटेड क्लबले संयोजन गरेको सो प्रतिष्पर्धामा नगरपालिकाभित्रका १५ वडाका ३२ टिम मैदानमा उत्रेका थिए भने खेल अन्तर्राष्ट्रिय नियमअनुसार खेलाइएको थियो । शुक्रबार शुरुआत भइ शनिबार सम्पन्न सो प्रतियोगिता चन्द्रागिरि–९ स्थित नवनिर्मित मत्छ्य फुटसलमा भएको थियो ।

चन्द्रागिरि नगरपालिकाको मुख्य प्रायोजक र  प्रयोजक वडा नं ५ रहेको सो प्रतियोगिताको प्रथम र द्वितीय हुने टिमलाई वाग्मती प्रदेशसभा, पर्यटन, वन तथा वातावरण समितिका सभापति रमा आले, चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लीसा नकर्मी, वडा नं १५ का वडाध्यक्ष उत्तमबहादुर रावत, वडा नं ६ का वडाध्यक्ष सञ्जय सिग्देल, वडा नं ४ का वडाध्यक्ष कृष्णप्रसाद शाही, महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख मोहनबहादुर खाँण, भेहिकल एकेडेमी एण्ड रिसर्ज सेन्टर गुर्जुधाराका अध्यक्ष राजेश घिमिरे,  क्लबका अध्यक्ष रामनारायण घिमिरे, सवमाजसेवी देवेन्द्र प्रधानले संयुक्तरूपमा  नगद, ट्रफी र पदक वितरण गर्नुुभयो । उहाँहरुले संयुक्तरूपमा नै प्रतियोगितामा उत्कृष्ट टिम, खेलाडी, गोलकर्ता र किपरलाई नगद रु पाँच हजारसहित ट्रफी र  पदक प्रदान गर्नुभएको थियो  । 

प्रतियोगिताको उत्कृष्ट टिमको उपाधि वडा नं ६ ले प्राप्त गरेको थियो भने उत्कृष्ट गोलर्ता वडा नं १५ का अविरल रिजाल, उत्कृष्ठ खेलाडी वडा नं १४ का शाहिल राना र उत्कृष्ट गोलकिपर राजीव श्रेष्ठले हात पार्नुभएको थियो ।
 
‘खेल क्षेत्रमा महिला सहभागिता आवश्यक’

सो अवसरमा सभापति आलेले खेलकूद क्षेत्रमा महिला सहभागिता बढाउन आग्रह गर्दै युवापुस्तालाई खेल क्षेत्रमा आकर्षित गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख नकर्मीले अगामी दिनमा नगरपालिकाले खेलकूल विकास र प्रवद्र्धन गर्न निरन्तर सहयोग जारी राख्ने जानकारी दिनुभयो । 

वडा नं १५ का वडाध्यक्ष रावतले कोरानाले आक्रान्त खेलक्ष् ोत्रलाई चलायमान बनाउन यस्ता प्रतियोगिताले सहयोग पु¥याएको बताउनुभयो । क्लबका अध्यक्ष घिमिरले क्लबले नगर क्षेत्रमा विभिन्न खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिँदै खेलकूद प्रतियोगिताले युवाका मानसिक समस्यासमेत समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो, “अगामी दिनमा खेल क्षेत्रमा राज्यको लगानी बढाउन जरुरी रहेको छ । खेल क्षेत्रको विकास र विस्तारले मात्र समृद्धि हासिल हुन्छ ।”
  
कोरोना कहरले आक्रान्त खेल क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिताले कोशेढुङ्गाको काम गरेको क्लबका उपाध्यक्ष साजन महर्जनले बताउनुभयो  । पछिल्लो समय युवापुस्ताका बीचमा फुटसल लोकप्रिय बनिरहेको छ ।

शुक्रबार नगरप्रमुख घनश्याम गिरीले प्रतियोगिताको शुभारम्भ गर्दै नगरपालिकाले अगामी दिनमा खेल क्षेत्रको विकासमा थप लगानी गर्ने जानकारी दिँदै युवापुस्ताले खेलकूदमार्फत नगर र देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने बताउनुभयो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले युवापुस्तालाई खेलकूदमा थप आकर्षित गरी खेल क्षेत्रको विकास गर्न नगरपालिकाले प्रतियोगिता आयोजना गरेको बताउनुभएको थियो । प्रतियोगिताका संयोजक तथा क्लबका उपाध्यक्ष साजान महहर्जनले विभिन्न सङ्घसंस्थाको साथ र सहयोगबाट प्रतियोगिता भव्य र सभ्यरूपमा सम्पन्न भएको बताउनुभयो ।