२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

मनी चेञ्जर विनियमावली व्यवसायीमैत्री नभएको गुनासो

मनी चेञ्जर विनियमावली व्यवसायीमैत्री नभएको गुनासो
अ अ+ अ-

पोखरा । मुद्रा सटही व्यवसायी सङ्गठन (मनी चेञ्जर) पोखराका अध्यक्षमा रुपकराज मिश्र निर्वाचित हुनुभएको छ । पोखरामा सम्पन्न सङ्गठनको १५ औँ साधारणसभा तथा आठौँ अधिवेशनबाट मिश्र निर्विरोध निर्वाचित हुनुभएको हो । अधिवेशनबाट उपाध्यक्षमा दीपकराज पौडेल, सचिवमा सङ्गीता पौडेल  र कोषाध्यक्षमा अमृत भुजेल तथा सदस्यमा अनिता अधिकारी, कमल भुजेल, सबु श्रेष्ठ र प्रवीण अधिकारी निर्वाचित हुनुभएको छ । 

नवनिर्वाचित अध्यक्ष मिश्रले  ‘मनी चेञ्जर विनियमावली २०७७’ व्यवसायीमैत्री नभएको र व्यवसायीलाई थप भार पारेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “मुद्रा सटही व्यवसायीलाई पहिला वार्षिक रु तीन हजार नवीकरण शुल्क लाग्नेमा अहिले तीन वर्षको नवीकरण शुल्क रु एक लाख बनाइएको छ । यो न्यायोचित छैन, यसको विषयमा आवाज उठाउएर व्यवसायीमैत्री बनाउन पहल गर्नेछु ।” उहाँले कोभिड –१९ का कारण थला परेको पर्यटनलाई जीवन्त राख्न सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने पनि बताउनुभयो । 

यसअघि साधारण सभाको उद्घाटनसत्रमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले कोभिड– १९ का कारणले मुद्रा सटही व्यवसायी प्रत्यक्ष मारमा परेको बताउनुभयो । पहारीले भन्नुभयो, “दैनिक १८ घण्टासम्म तयार रहेर सेवा दिइरहेका व्यवसायी अहिले निकै मर्कामा पर्नुभएको छ, अब परिस्थिति सामान्य हुँदैछ, विचलित नभई व्यवसायमा लाग्नुस् ।” उहाँले पर्यटकलाई प्रत्यक्ष सेवा दिने व्यवसायीलाई व्यवसायबाट पलायन हुन नदिन राज्यले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । 
 
शनिबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका उपनिर्देशक रामकुमार कार्कीले व्यवसाय सञ्चालनमा देखिएका कठिनाइ हटाउन समन्वय र सहजीकरण गर्न पहल गरिन बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रमा धेरैको लगानी भए पनि लगानीअनुसारको सेवा र सुविधा राज्यबाट पाउन नसकेको गुनासो गर्नुभयो ।  सरकार आफैँले ल्याएका नीतिनियम पनि समयमै कार्यान्वयन गर्न नसक्दा यस क्षेत्रका व्यवसायीले निकै समस्या भोग्नुपरेको जनाउँदै उहाँले मौद्रिक नीति र व्यवसाय सञ्चालन कोष अविलम्ब कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।  सङ्गठनमा पोखरामा मुद्रा सटही व्यवसायमा संलग्न ४२  कम्पनी सदस्य रहेको सङ्गठनका निर्वतमान अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो ।