• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   बत्तीस वर्षदेखि डोकोमा तरकारी बेच्दै ‘लक्ष्मी’ ★   तराईको गर्मीमा पनि लटरम्म स्याउ ★   सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन नेकपा एसको माग ★   चुरे विनाशको असर: खानेपानीको समस्या विकराल बन्दै ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत ★   वाङ्मयका अग्ला साधक छोटा ★   कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउन आवश्यक: अध्यक्ष नेपाल ★   प्रतिनिधिसभाको बैठक चार बजेलाई सर्यो ★   सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन एमालेलाई माधव नेपालको आग्रह ★   गिरिबन्धु टि स्टेटबारे ओलीलाई देउवाको प्रश्न: आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति ?

एसिसी प्रिमियर कप : पहिलो खेलमा नेपाल विजयी



काठमाडौँ: एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको हो ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै नेपालसामु जितका लागि एक सय ४४ रनको लक्ष्य प्रस्तुत गरेकोे थियो । सो विजयी लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पुरा ग¥यो ।

नेपालका लागि आशिफ शेखले ३२, कप्तान रोहितकुमार पौडेलले २८, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २०, गुल्सन झाले अविजित १९ तथा सन्दीप जोराले अविजित १२ रन बनाए ।

बलिङतर्फ मलेसियाका कप्तान विरनदीप सिंहले तीन तथा पवनदीप सिंह र मोहमद वाफिकले एक एक विकेट लिए ।

यसअघि एक सय ४३ रनको योगफल बनाउने क्रममा मलेसियाका लागि कप्तान विरनदीप सिंहले सर्वाधिक ७२ रन बनाए । उनले ५७ बल खेल्ने क्रममा चार छक्का र चार चौका हाने । यस्तै शविम मुनिआन्डीले ३३ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४१ रन जोडे । मुहम्मद आमिरले १८ बलमा १६ रन बनाए ।

बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा अभिनाश बोहोराले एक विकेट लिए । नेपालले अब आफ्नो दोस्रो खेल आगामी वैशाख १ गते कतारसँग खेल्ने छ ।रासस