४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

‘उपचारको लागि सहयोगी हातहरु’ बाट रक्त क्यान्सर विरामीलाई आर्थिक सहयोग

‘उपचारको लागि सहयोगी हातहरु’ बाट रक्त क्यान्सर विरामीलाई आर्थिक सहयोग
अ+ अ-

ललितपुर। क्यान्सरका विरामीहरुको उपचारको लागि होस्टेमा हैंसे गर्दै आएको सामाजिक संस्था ‘उपचारको लागि सहयोगी हातहरु’ ले रक्त क्यान्सरको उपचार गराईराखेका एकजना युवालाई २० हजार नगद सहयोग गरेर २०८० साललाई विदाई गरेको छ ।

एकपटक क्यान्सर भएर उपचार गर्दागर्दै आर्थिक अभावका कारण विचैमा उपचार छोडेका कारण पुन: क्यान्सर बल्झेका किर्तिपुरका २१ वर्षिय आशिर्वाद कार्कीको थप उपचारको लागि सो रकम प्रदान गरिएको हो ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिकी निर्देशक समेत रहेकी ‘उपचारको लागि सहयोगी हातहरु’ संस्थाकी संस्थापक एवम् अध्यक्ष स्वरुपा श्रेष्ठले सो अस्पतालका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठको उपस्थितिमा क्यान्सरका विरामी कार्कीलाई शुक्रबार सो रकम प्रदान गरेकी हुन् ।
त्यसो त आफ्नो अस्पतालमा उपचार गराईराखेका विरामी बाहेक अन्य अस्पतालमा उपचार गराईराखेका विरामीहरुलाई आर्थिक या अरु कुनै सहयोग गर्ने परम्परा नभएको बेलामा ‘उपचारको लागि सहयोगी हातहरु’ संस्थाले भने सिभिल अस्पतालमा उपचार गराईराखेका विरामी कार्कीलाई आर्थिक सहयोग उपलव्ध गराएकोमा धेरैले प्रशंसा गरेका छन् ।

सो संस्थाले एकवर्षको अवधिमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको साथै अन्य अस्पतालमा क्यान्सरको उपचार गराईराखेका विपन्न विरामीहरुलाई करीव ९ लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको संस्थाकी अध्यक्ष स्वरुपा श्रेष्ठले बताइन् ।

क्यान्सर निको भएका र अन्य समाजसेवीहरुबाट प्राप्त भएको रकमबाट पारदर्शीरुपमा विपन्न क्यान्सर विरामीहरुलाई सहयोग गरिरहेको र सहयोगको रकम जुट्दै गएमा भविष्यमा पनि यो क्रम निरन्तर जारी रहने अध्यक्ष श्रेष्ठले बताइन् ।

क्यान्सर निको भएका र उपचारका क्रममा रहेका विरामीहरुको ४६ औं मासिक वैठकका अवसरमा सो रकम हस्तान्तरण गरिएको थियो भने कार्यक्रममा क्यान्सर विजेताहरुले नाचगान गर्दै २०८० सालको विदाई तथा २०८१ सालको स्वागत गरेका थिए ।

कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सररोग विशेषज्ञ सुदिप श्रेष्ठ, डा.मुरारीमान श्रेष्ठ, डा.गिसुपनिख प्रसिको,प्रमुख कार्यकारी निर्देशक कपिल गौतम, संस्थाका उपाध्यक्ष शशांक शर्मा लगायतले नयाँवर्षमा आफुहरुले गर्ने नयाँ कामको प्रतिवद्धता सार्वजनिक गरेका थिए ।