• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   एमालेको विजय सभाबाट फर्किँदै गरेको पिकअप दुर्घटना, १९ जना घाइते ★   उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन्ः सांसद खतिवडा ★   सप्तरीको चिम्टीमा भीषण आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो नयाँ अफर ★   आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान ★   डोल्पाका सबै सांसद मन्त्री ★   जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो ★   टी–२० विश्वकपका लागि बटलरको कप्तानीमा इंग्ल्याण्डको टोली घोषणा ★   भारतीय पूर्व अलराउन्डरले दुखी हुँदै भने – रिंकु सिंहमाथि अन्याय भयो ★   उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्‍यो: मन्त्री गिरी

‘उपचारको लागि सहयोगी हातहरु’ बाट रक्त क्यान्सर विरामीलाई आर्थिक सहयोग



ललितपुर। क्यान्सरका विरामीहरुको उपचारको लागि होस्टेमा हैंसे गर्दै आएको सामाजिक संस्था ‘उपचारको लागि सहयोगी हातहरु’ ले रक्त क्यान्सरको उपचार गराईराखेका एकजना युवालाई २० हजार नगद सहयोग गरेर २०८० साललाई विदाई गरेको छ ।

एकपटक क्यान्सर भएर उपचार गर्दागर्दै आर्थिक अभावका कारण विचैमा उपचार छोडेका कारण पुन: क्यान्सर बल्झेका किर्तिपुरका २१ वर्षिय आशिर्वाद कार्कीको थप उपचारको लागि सो रकम प्रदान गरिएको हो ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिकी निर्देशक समेत रहेकी ‘उपचारको लागि सहयोगी हातहरु’ संस्थाकी संस्थापक एवम् अध्यक्ष स्वरुपा श्रेष्ठले सो अस्पतालका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठको उपस्थितिमा क्यान्सरका विरामी कार्कीलाई शुक्रबार सो रकम प्रदान गरेकी हुन् ।
त्यसो त आफ्नो अस्पतालमा उपचार गराईराखेका विरामी बाहेक अन्य अस्पतालमा उपचार गराईराखेका विरामीहरुलाई आर्थिक या अरु कुनै सहयोग गर्ने परम्परा नभएको बेलामा ‘उपचारको लागि सहयोगी हातहरु’ संस्थाले भने सिभिल अस्पतालमा उपचार गराईराखेका विरामी कार्कीलाई आर्थिक सहयोग उपलव्ध गराएकोमा धेरैले प्रशंसा गरेका छन् ।

सो संस्थाले एकवर्षको अवधिमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको साथै अन्य अस्पतालमा क्यान्सरको उपचार गराईराखेका विपन्न विरामीहरुलाई करीव ९ लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको संस्थाकी अध्यक्ष स्वरुपा श्रेष्ठले बताइन् ।

क्यान्सर निको भएका र अन्य समाजसेवीहरुबाट प्राप्त भएको रकमबाट पारदर्शीरुपमा विपन्न क्यान्सर विरामीहरुलाई सहयोग गरिरहेको र सहयोगको रकम जुट्दै गएमा भविष्यमा पनि यो क्रम निरन्तर जारी रहने अध्यक्ष श्रेष्ठले बताइन् ।

क्यान्सर निको भएका र उपचारका क्रममा रहेका विरामीहरुको ४६ औं मासिक वैठकका अवसरमा सो रकम हस्तान्तरण गरिएको थियो भने कार्यक्रममा क्यान्सर विजेताहरुले नाचगान गर्दै २०८० सालको विदाई तथा २०८१ सालको स्वागत गरेका थिए ।

कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सररोग विशेषज्ञ सुदिप श्रेष्ठ, डा.मुरारीमान श्रेष्ठ, डा.गिसुपनिख प्रसिको,प्रमुख कार्यकारी निर्देशक कपिल गौतम, संस्थाका उपाध्यक्ष शशांक शर्मा लगायतले नयाँवर्षमा आफुहरुले गर्ने नयाँ कामको प्रतिवद्धता सार्वजनिक गरेका थिए ।