• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

दिनेश कार्तिकलाई जिस्काउदै रोहितले भने: विश्वकप अझै बाँकी छ



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं सिजनमा मुम्बई इन्डियन्सले लगातार दोस्रो जित हात पार्यो। टोलीले बिहिबार रोयल च्यालेन्जर्स बैंग्लोरलाई सात विकेटले हराएको हो ।

खेलको दौरान एमआईका पूर्व कप्तान तथा टीम इन्डियाका कप्तान रोहित शर्मा हाँस्दै र ठट्टा गर्दै देखिएका थिए । आरसीबीका विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकले २३ बलमा ५३ रन बनाएका थिए । यसै क्रममा रोहित उनीनजिक गए र भने, ‘धेरै राम्रो डीके, हामीले अझै विश्वकप खेल्न बाँकी छ।’

अब आईपीएलपछि अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिखबाट टी–२० विश्वकप हुँदैछ । सोहिको लागि रोहितले डीकेलाई जिस्काएका हुन् ।रोहितको कुरा सुनेर विकेटकिपर तथा ब्याट्सम्यान इसान किशान पनि हासिरहेका थिए ।

कार्तिकले सन् २०१९ र २०२२ को विश्वकप खेलेका थिए। उनले भारतका लागि सन् २००७ मा पहिलो टी–२० विश्वकप पनि खेलेका थिए ।

कार्तिकले २०२१ र २०२३ को विश्वकपमा भने खेल्ने मौका पाएका थिएनन् । उनको स्थानमा इशान किशन, ऋषभ पन्त र केएल राहुललाई खेलाईएको थियो ।