• ६ असार २०८१, बिहीबार
  •      Thu Jun 20 2024
  •   Unicode
Logo
Latest
★   पहिरोले पुल बगाएपछि आवगमन ठप्प ★   चेस प्रतियोगिता यसै सातादेखि ★   बजेटप्रति प्रधानमन्त्री नै असन्तुष्ट रहेको पायौँ: काँग्रेस प्रमुख सचेतक लेखक ★   एडिबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत ★   लागुऔषध कोकिन ४ किलो ५ सय ४ ग्रामसहित ४ जना विदेशी नागरिक पक्राउ ★   आइतबारसम्म देशभर मनसुन फैलिने ★   टी–२० विश्वकपमा आज भारत र अफगानिस्तान भिड्दै ★   बेबी बम्पमा सुन्दर देखिईन् दीपिका पादुकोण ★   युएसएआईडीको किसान २ परियोजनाद्वारा नेपालको कृषि क्षेत्रको प्रवर्द्धन ★   खराब सहकारीलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने सरकारको नीति छ: सहकारी मन्त्री

अत्यावश्यक औषधि स्वदेशमा उत्पादनका लागि प्रक्रियाअघि बढाइएको छ: उपप्रधानमन्त्री यादव



काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अति आवश्यक औषधिहरु स्वदेशमै उत्पादन गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा पेश गरिएको ‘नि:शुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धि’ संकल्प प्रश्तावमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । उपप्रधानमन्त्री यादवले महामारी, नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना तय गरी कार्यान्वयनमा लगिएको पनि बताउनु भयो । उहाँले वडा तहसम्म नै आँखाको उपचारमा पहुँच पुर्‍याउन राष्ट्रिय आँखा स्वास्थ्य नीति स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको पनि बताउनु भयो । उपप्रधानमन्त्री यादवले जनताको पोषणको अवस्था सुधार ल्याउन सरकारले बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अति आवश्यक औषधिहरुलाई नेपालमा नै उत्पादन गर्नेगरी प्रक्रिया अघि बढाइएको छ । द्रुतगतिमा फैलिएर आर्थिक, सामाजिक क्षेत्रमा नकारात्मक असर पार्ने महामारी रोगहरुको प्राथमिकताका साथ प्रतिकार गर्न जन स्वास्थ्य, पशुस्वास्थ्य र वातावरणीय स्वास्थ्यका निकायहरुको एकीकृत प्रयासका लागि एक स्वास्थ्य अवधारणा अनुरुप एक स्वास्थ्य रणनीति २०७६ स्वीकृत भई कार्यान्वयनमा रहेको छ । नसर्ने रोगको बढदो भारलाई रोकथाम तथा नियन्त्रणका लागि सम्वद्ध सरोकारवालाहरुको सहभागितामा बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ स्वीकृति गरी कार्यान्वयनमा रहेको । नेपाली जनताको पोषणको अवस्था सुधार गर्न बहुक्षेत्रीय पोषण योजना स्वीकृत भई कार्यान्वयनमा रहेको छ । राष्ट्रिय आँखा स्वास्थ्य नीति २०७९ स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको छ ।’

उपप्रधानमन्त्री यादवले सरकारले गरिव नागरिकका लागि उपचारको सेवामा पहुँच पुर्‍याउन सक्दो पहल गरिरहेको बताउनु भयो ।