• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संशोधन’ लाई राष्ट्रिय सभाको सहमति



काठमाडौँ । ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ का सम्बन्धका प्रतिनिधि सभाबाट भएको संशोधन’ लाई राष्ट्रिय सभाले पनि सहमति जनाएको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रिय सभामा सहमतिका लागि प्रश्तुत गर्नुभएको प्रश्ताव सर्वसम्मतीले पारित भएको हो । बैठकमा सांसदहरुले खाद्य स्वच्छता र गुणस्तरको विषयमा गम्भिर भएर काम गर्न सरकारलाई सचेत गराएका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक २०८१ साल वैशाख ४ गते मंगलवार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ ।