१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्य निरूपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन



अ+ अ-

काठमाडौँ । सरकारले संसदको चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताउनु भयो । उहाँले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको बताउनु भयो ।

उहाँले आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई तोक्ने निर्णय गरेको छ । त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य सदस्य रहने व्यवस्था रहेको बताउनु भयो । मानव अधिकारवादी मनोविज्ञान व्यक्ता, विधि विज्ञानव्यक्ता, द्वन्द्वविद् समाजशास्त्री, महिला अधिकारकर्मी, शान्ति प्रक्रिया सम्बन्धी व्यक्तिहरु मध्येबाट देहाय बमोजिम सदस्यहरु रहने व्यवस्था रहेको बताउनु भयो । सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल सदस्य, डा. अर्जुनकुमार कार्की सदस्य,स्टेला तामाङ सदस्य अन्तर्गत हाम्रो सिफारिस समिति बनेको बताउनु भयो । त्यस्तै सरकारले सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिएको छ ।

उहाँले भन्नुभयो, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समिति गठन गर्ने ।

अध्यक्षमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य सदस्य रहने व्यवस्था छ । मानव अधिकारवादी मनोविज्ञान व्यक्ता, विधि विज्ञानव्यक्ता, द्वन्द्वविद् समाजशास्त्री, महिला अधिकारकर्मी, शान्ति प्रक्रिया सम्बन्धी व्यक्तिहरु मध्येबाट देहाय बमोजिम सदस्यहरु रहने व्यवस्था छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल सदस्य, डा. अर्जुनकुमार कार्की सदस्य, श्री स्टेला तामाङ सदस्य अन्तर्गत हाम्रो सिफारिस समिति बनेको छ ।

सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने ।

संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिदुत पदमा नियुक्ति गर्ने ।

संसदको चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न सम्माननीय राष्ट्रपतिज्युलाई सिफारिस गर्ने ।

राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।’

उहाँले सरकारले संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिदुत पदमा नियुक्ति गरेको छ ।