• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ : प्रधानमन्त्री ★   बजुरामा नुन अभाव छैन: साल्ट ट्रेडिङ ★   झापामा चट्याङ लागेर दुईको मृत्यु ★   नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु ★   बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा ★   कोपा अमेरिकाः कोस्टारिकासँग बराबरीमा रोकियो ब्राजिल, कोलम्बियाले पाराग्वेलाई हरायो ★   कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिटमा आज सर्वोच्चको आदेश कस्तो आउला ? ★   प्रतिनिधिसभा बैठक : के छ आजको सम्भावित कार्यसूची ? ★   श्रष्टा बानियाँलाई सूर्यनारायण पुरस्कार अर्पण ★   कोशी, बागमती, गण्डकी र लुम्बिनीमा आज भिषण वर्षा

साताको पहिलो दिन नै घट्यो नप्से, आइतबार परिसूचक ५४.७५ अंकले घट्दा छायो निराशता



काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.७५ अंकले घटेको छ। यस दिन शेयर बजार २.२६ प्रतिशतले घटेर २ हजार ३७०.५४ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स पनि ९.७३ अंक घटेर ४३२.३३ विन्दुमा झरेको छ । 

आइतबार सर्वाधिक रकमको शेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्सकै भएको छ । यसदिन उक्त कम्पनीको रू. ३९ करोड ८९ लाख ५९ हजार बराबरको शेयर कारोबार भएको छ । गत सातादेखि उक्त कम्पनीले लगातार सर्वाधिक रकमको शेयर कारोबार गर्दै आएको छ । उक्त कम्पनीको शेयरमूल्य ३.२४ प्रतिशत अर्थात् प्रतिकित्ता रू.७६ ले घटेर अन्तिम मूल्य रू. २ हजार २७३ कायम भएको छ ।

प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९.९३ प्रतिशतले बढेको छ । प्रतिकित्ता रू.६९ ले बढेर उक्त कम्पनीको अन्तिम मूल्य रू. ७६४ कायम भएको हो । यो दिन सर्वाधिक शेयरमूल्य रिलायन्स फाइनान्सको ८.३० प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २१ ले घटेर अन्तिम मूल्य रू. २३२ कायम भएको हो ।

यस दिन उच्च अंकले घटेको बजारमा रू.८ अर्ब ९७ करोड ३२ लाख ६ हजार बराबरको १ करोड ६२ लाख ७७ हजार २४५ कित्ता शेयर कारोबार भएको छ । कारोबार रकमले भने बजारमा उत्साह कायमै रहेको देखाउँछ । साथै कारोबारमा आएका सबै परिसूचक घटेको छ । यी मध्ये पनि वित्त समूहको परिसूचक सर्वाधिक ४.४ प्रतिशतले घटेको हो ।

त्यस्तै बैंकिङको २.४५ प्रतिशत, व्यापारिक ०.६८ प्रतिशत, होटल १.१४ प्रतिशत, विकास बैंक २.०८ प्रतिशत, जलविद्युत १.९८ प्रीतशत, निर्जीवन बीमा २.१ प्रतिशत, उत्पादन तथा प्रशोधन २.१८ प्रतिशत, अन्य १.३२ प्रतिशत, लघुवित्त २.९२ प्रतिशत, जीवन बीमा २.५८ प्रतिशत र म्युचुअल फण्डको परिसूचक ०.४७ प्रतिशतले घटेको छ ।