५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटघाट



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले ओलीसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबिच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको प्रेसविज्ञ मनहरी तिमल्सिनाले बताए ।

प्रचण्ड र ओलीबिच सत्ता गठबन्धनभित्र रहेका दलहरूले उठाएको विषयदेखि दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकसम्म छलफल भएको बताइएको छ । आजको मन्त्रिपरिषद्बाट हिउँदे अधिवेशन अन्त्यको तयारी छ ।