७ बैशाख २०८२, आईतवार
April 20, 2025 Sunday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.32

Wind: 2.57

Humidity: 60

Latest
आन्दोलन निरन्तर चल्छः अध्यक्ष लिङदेन आगामी बजेट : आयोजनाको पुनःप्राथमिकीकरण गरी खर्च गर्नसक्नेलाई मात्र बजेट विनियोजन गर्न सुझाव आई. एम. ई. लाइफको इन्स्योरेन्सले नियुक्त गर्यो सरल सावाधिक सद्भावना दुत २०२५ चितवनलाई हराउँदै पोखरा एनएसएलको क्वालिफायर टूमा प्रवेश बज्रयान महाविहारका दाताहरूलाई उपप्रधानमन्त्री सिंहद्वारा सम्मान हिउँ चितुवाको राष्ट्रिय सङ्ख्या अनुमान सार्वजनिक ‘कोटिहोम’का माध्यमबाट उजागर हुँदै पोखरास्थित प्राचिन हरिहर मन्दिर ‘प्लास्टिकजन्य फोहरको दिगो व्यवस्थापन अहिलेको प्रमुख चुनौती’ तनहुँ दुर्घटना अपडेट : मृतकको सनाखत सर्लाहीमा बालकसहित दुई जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय छानबिन समिति बनाउन कांग्रेस नेता सिंहको आग्रह



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले संसदीय छानबिन समिति बनाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका-१० इकाई समितिले आज यहाँ आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम’मा सरकारले संसदीय छानबिन समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि प्रहार गर्न खोजेको उहाँले बताउनुभयो ।

सहकारी प्रकरणमा सरकारका मन्त्रीहरुमाथि प्रश्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यास रहेकाले सरकारले छानबिन समिति बनाउनुपर्नेमा जोड दिनुभयो । “सरकारले छानबिन समिति नबनाएर संसद्को क्षेत्राअधिकारमाथि प्रहार गरिरहेको छ,” उहाँले भन्नुभयो ।

संसदीय छानबिन समिति नबनेसम्म कांग्रेस आफ्नो मुद्दाबाट पछि नहट्ने उहाँको भनाइ थियो । नेता सिंहले कांग्रेसका कारण भन्दा सरकारको कारण अहिले संसद् चल्न नसकेको स्पष्ट पार्नुभयो ।

उहाँले कांग्रेससँग जनताको धेरै आशा र भरोसा भएकाले कांग्रेस सुध्रिएर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । युवालाई उत्पादनसँग जोड्न सकेमात्र देशले विकास हासिल गर्ने र विदेशिने युवाको सङ्ख्यामा कमी आउने बताउनुभयो ।

राजनीतिक स्थायित्व नभएको अवस्थामा गरिने लगानी सम्मेलनले लगानीको वातावरण बन्न नसक्नेसमेत पूर्व उपप्रधानमन्त्री सिंहले बताउनुभयो । मुलुकमा भएका राजनीतिक दल जिम्मेवार बनेर देशलाई निकास दिनुपर्ने उहाँको भनाइ छ ।