काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रुपमा स्थापित भएको बताउनु भएको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा हालै सम्पन्न काठमाण्डौं केन्द्रीत जनप्रदर्शनको समिक्षा गर्दे उहाँले यस्तो बताउनु भएको हो । अध्यक्ष लिङ्देनले प्रदर्शनमा प्रशासनिक दमनबाट केही साथीहरु घाइते हुनु दु:खद घटना भएपनि समग्रमा प्रदर्शन सफल भएको दाबी गर्नुभयो ।
उहाँले पार्टी र एजेण्डाको पक्षमा सकारात्मक सन्देश गएको उल्लेख गर्दे प्रदर्शनमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यसम्पादन समिति सदस्यहरुले आफ्नो धारणा दिने क्रम जारी छ।