२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा २’ को एकै दृश्यको लागि ६० करोड खर्च !



अ+ अ-

एजेन्सी । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ ले सिनेमालाई नयाँ अनुभव दिने दाबी गरेको छ । रिलिज हुनुअघि निर्माताले ठूला दाबी गरेका छन् ।

यो पूरा गर्न निर्माताले फिल्ममा पानी जस्तै पैसा खर्च गरेका छन् । यस दृश्यको सुटिङमा पनि निर्देशकले ६० करोड रुपैयाँ खर्च गरेका छन् । यो रकम यति हो कि यो समयमा दुई कम बजेटका फिल्म बनाउन सकिन्छ ।

यस्तो अवस्थामा ‘पुष्पाः द रुल’ सिनेमा हलमा कस्तो तुफान ल्याउने हो भन्ने प्रश्न दर्शकलाई पनि लागेको छ । यसका साथै पुष्पा २ को ओटीटी अधिकारका बारेमा पनि जानकारी आएको छ ।

पुष्पाः द रुल एक्सन फिल्म बन्न लागेको छ । निर्देशक सुकुमारले पहिलो भागमा निकै एक्सन देखाएका छन् । यस्तो अवस्थामा यसपटक केही नयाँ र फरक गर्ने जिम्मेवारी उनकै हो ।

रिपोर्टका अनुसार यस दृष्यमा गंगाम्मा जटाराको प्रस्तुती र फाइट सीन देखाइने पुष्पा २ सँग सम्बन्धित स्रोतले बताएको छ । ६ मिनेट लामो यो दृश्य शूट गर्न ३० दिन लागेको थियो र ६० करोड रुपैयाँ खर्च भएको थियो ।

पुष्पाः द रुल महँगो साउथ फिल्म बन्न लागेको छ । अल्लु अर्जुनको यो फिल्म ५ सय करोडको बजेटमा बनाइएको बताइएको छ । पुष्पा २ को म्युजिक राइट्स बिक्री भइसकेको छ ।

रिपोर्टका अनुसार फिल्मको विश्वव्यापी म्युजिक राइट्स र हिन्दी स्याटेलाइट राइट्स टी–सिरिजले ६० करोडमा किनेको छ । यसैबीच, स्टार माले तेलुगु स्याटेलाइट अधिकारहरू खरिद गरिसकेको छ, तर मूल्य भने खुलाइएको छैन ।