• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ?

राष्ट्रपति रनिङ सिल्डमा ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्ने



काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्नेे भएका छन् ।

प्रतियोगिता बारे जानकारी गराउन त्रिपुरेश्वरस्थित राखेपमा आयोजित पत्रकार सम्मेलनमा बैशाख ४ देखि ६ गतेसम्म हुने प्रतियोगितामा ६ सय ८६ खेलाडी सहभागी हुने जानकारी गराइयो । विभिन्न ६ खेलमा ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा हुने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वानदो र उसु खेलको प्रतिस्पर्धा हुनेछ । एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा अवस्थित कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ ।

एथलेटिक्सको छात्र/छात्रामा समान १३–१३ गरी २६ स्वर्ण, कराते, तेक्वान्दो र उसुको छात्र/छात्रामा समान ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र/छात्रमा समान १/१ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बैशाख ४ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगिताको कुल नगद पुरस्कार राशी ११ लाख ५२ हजार रुपैयाँ रहेको छ । प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । समग्रमा टिम च्याम्पियनको उपाधि हात पार्ने टोलीलाई नगदसहित नयाँ रनिङ सिल्ड प्रदान गरिने छ । लुम्बिनी प्रदेशले यसअघिका लगातार तीन संस्करणको उपाधि जित्दै रनिङ सिल्ड आफ्नै बनाइसकेकाले यसपल्ट नयाँ रनिङ सिल्ड पनि तयार गरिएको छ । नयाँ रनिङ सिल्डको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पत्रकार सम्मेलनमा सार्वजनिक गरे ।

समग्रमा उपविजेता र तेश्रो हुने टिमलाई पनि नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने छ । जुनियर राष्ट्रिय कीर्तिमानका लागि नगद १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

नेपाल सरकारबाट प्रतियोगिताका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले गत वर्षको भन्दा बजेट ३५ लाख रुपैयाँ बढी हो ।

सदस्य–सचिव घिसिङले स्थानिय तह, ७७ जिल्ला र सातै प्रदेशमा छनोट प्रतियोगिता सम्पन्न भइ हुन लागेको केन्द्रस्तरीय प्रतियोगिता जुनियर स्तरको सबै भन्दा ठूलो प्रतियोगिता हो भन्ने स्थापित गर्न जरुरी रहेको बताए ।