१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता

देशको ओरालो लाग्ने क्रम रोकियो, अब देश अघि बढ्छ: केपी ओली

देशको ओरालो लाग्ने क्रम रोकियो, अब देश अघि बढ्छ: केपी ओली
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरणले देशलाई ओरालो लाग्नबाट रोक्ने बताउनुभएको छ ।

बिहीबार नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सत्ता समीकरणमा नेकपा एमाले पनि भएकोले देशलाई ओरालो लाग्न नदिने बताउनुभयो । एमालेको प्रधानमन्त्री र एमालेको एकल सरकार हुँदा जस्तो काम गर्न नसकिए पनि अहिलेको सरकाले देशलाई बरबादीमा जानबाट भने जोगाउने आलीले दाबी गर्नुभयो । ‘अब ओरालो लाग्ने क्रम रोकियो देशको, त्यो ओरालो लाग्ने क्रम रोकिएको छ, अब देश ओरालो लाग्दैन’, ओलीले भन्नुभयो ।

हिजो गठबन्धन सरकार हुँदा विकास निर्माणका काम ठप्प भएका बताउँदै ओलीले ती काम अब अगाडि बढ्ने आश्वासन दिनुभयो । सरकारले रोकिएका विकास निर्माणका काम फेरि अगाडि बढाउने ओलीले बताउनुभयो ।

एमाले सरकारबाट हटेपछि विकास निर्माणका काम रोक्ने र राष्ट्रियतालाई कमजोर बनाउने काम भएको ओलीले बताउनुभयो । ‘हामीलाई सरकारबाट हटाउने जुन तिकडम भयो, षडयन्त्र भयो, जालझेल भयो, त्यो सबै कुरा यो देशलाई अगाडि बढ्न नदिने उद्देश्यका साथ भएको थियो, यो देशको राष्ट्रियतालाई कमजोर पार्ने उद्देश्यका साथ भएको थियो’, ओलीले भन्नुभयो ।

ओलीले मिसन २०८४ बाट एमालेलाई राष्ट्रिय शक्ति बनाउनु पर्ने बताउनुभयो । त्यसले राष्ट्रियतालाई बलियो बनाउने र विकास र समृद्धिको गति अघि बढ्ने उहाँको भनाइ छ । एमालेलाई सानदार बहुमत सहितको निर्णायक शक्तिको रूपमा अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
एमालेले राष्ट्रियतालाई बलियो बनाउने, मिचिएको भूभागलाई देशको नक्सामा ल्याउने, कहिल्यै पनि नाकाबन्दी नलाग्ने अवस्था सिर्जना गर्ने, नेपाललाई सार्वभौमसत्ता सम्पन्न मुलुकको रूपमा स्थापित गर्ने काम गरेको उहाँले स्मरण गराउनुभयो । राष्ट्रियता, विकास, सुशासनको गति रोक्न एमाले विरुद्ध षडयन्त्र भएको बताउँदै ओलीले त्यसलाई एमालेले असफल गराइदिएको बताउनुभयो ।

उहाँले बैशाख १५ गते हुने इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभा निर्वाचनमा एमालले जित्ने र जित्नु पर्ने बताउनुभयो । अब एमालेले सबै ठाउँमा जित्दै जाने उहाँले दाबी गर्नुभयो । उहाँले एमाले नेता कार्यकर्तालाई देशलाई शिरमा राखेर काम गर्न आग्रह गर्नुभयो । त्यसो गरियो भने मात्र मिसन २०८४ सफल हुने ओलीले स्पष्ट पार्नुभयो । कुरा आदर्शका गर्ने तर आफूलाई फाइदा हुने बाहेक अरू काम नगर्नेले पार्टी र देशको लागि काम गर्न नसक्ने बताउनुभयो । देशमा विकास र समृद्धि ल्याउन अनुशासित र गतिशील पार्टी बनाउनु पर्नेमा ओलीले जोड दिनुभयो ।

पार्टी भित्रका समस्यामा छलफल गरेर समाधान गर्नुपर्ने ओलीले बताउनुभयो । विवाद ल्याएर पार्टी अगाडि बढाउन नसकिने तर्फ उहाँले सचेत गराउनुभयो । छिटो दौडँदैमा गन्तव्यमा पुग्न नसकिने बताउँदै ओलीले योजनाबद्ध रूपमा अघि बढ्नु पर्ने बताउनुभयो । लयबद्ध र गतिशील पार्टी बनाएर मिसन २०८४ सफल बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । सामाजिक सञ्जालमा जथाभाबी नलेख्न पनि पनि उहाँले निर्देशन दिनुभयो । लेख्नै पर्ने सकारात्मक कुरा मात्र फेसबुकमा लेख्न उहाँले निर्देश गर्नुभयो । नकारात्मक कुरा लेख्ने र लाइक गर्न तर सकारात्मक कुरामा लाइक, कमेन्ट केही नगर्ने थिति बढ्दै गएको भन्दै ओलीले आलोचना गर्नुभयो ।

ओलीले ओलाङचुङ्गोला क्षेत्रमा निर्माण भइरहेको सडक छिटो निर्माण गर्नको लागि आफूले पहल गर्ने पनि बताउनुभयो । तीन वर्ष भित्रै चीनसँग जोडिने सो सडक पूरा गर्ने गरी बजेट विनियोजन गराएर छिटो काम सम्पन्न गराउन आफूले प्रयत्न गर्ने ओलीले जानकारी दिनुभयो ।