• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प ★   पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत ★   सहकारी ठगलाई जोगाउन सरकार संसदीय मूल्य मान्यता मास्न उद्धत भयो: कांग्रेस ★   रइसीको निधनपछि को बन्ला इरानको नयाँ राष्ट्रपति ? ★   बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन ★   आईपीएल प्लेअफ कहाँ र कुन–कुन टीमबीच हुँदैछ ? यस्तो छ फाइनल सम्मको समीकरण ★   काँग्रेसको अवरोधपछि मंगलवारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित ★   चौंथोपटक विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड – फोटोफिचर ★   हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रइसीसहित नौ जनाको मृत्यु भएको पुष्टि ★   संसद् बैठकपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक

मुम्बई इन्डियन्सको ड्रेसिङ रुममा कस्तो व्यवहार गर्छन् हार्दिक पाण्ड्या?



एजेन्सी । मुम्बई इन्डियन्सले रोहित शर्माको स्थानमा हार्दिक पाण्ड्यालाई कप्तान बनायो । कप्तान फेरेपछि मुम्बई इन्डियन्सको व्यवस्थापनमा धेरै प्रश्नहरु उठाएका छन् । यस बाहेक हार्दिक पाण्ड्यालाई फ्यानहरुको क्रोधको सिकार पनि बन्नुपर्यो । तर, हार्दिकले ड्रेसिङ रुममा खेलाडीसँग कस्तो व्यवहार गर्छन् ? यसबारे मुम्बई इन्डियन्सका खेलाडी टिम डेभिडले बयान दिएका छन् ।

रोयल च्यालेन्जर्स बैंगलोरसँगको खेलअघि टिम डेभिडले हार्दिक पाण्ड्याले टोलीका लागि महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन्। उनले भने, ‘जब हामी दिल्ली क्यापिटल्ससँग संघर्ष गरिरहेका थियौं, हार्दिक पाण्ड्याले इनिङ्सको जिम्मा लिए, जसको फाइदा रोमारियो शेफर्डले उठाए।’ मुम्बईको जितमा रोमारियोले अन्तिम १० बलमा ३९ रन बनाएका थिए ।

हार्दिक पाण्ड्याले सम्पूर्ण टोलीलाई ‘ग्लू’ जस्तै राखेका टिम डेभिडले बताए । उनले भने, ‘हार्दिक पाण्ड्याले सम्पूर्ण टोलीलाई ‘ग्लू’ जस्तै राखेका छन् । त्यसैले हामीले अन्तिम ओभरमा फाइदा लिन सफल भयौं।’ हार्दिक पाण्डेयले टोलीका खेलाडीलाई साथमा लिएर काम गरिरहेको र कप्तानको हैसियतमा सम्पूर्ण टिमलाई एकजुट बनाएका उनले बताए ।

मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्स विरुद्ध सिजनको पहिलो जित हात पारेको थियो। मुम्बई इन्डियन्सको जितमा टिम डेभिडले २१ बलमा नटआउट ४५ रन बनाएका थिए । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेट गुमाएर २३४ रन बनाएको थियो ।

मुम्बई इन्डियन्सले चार खेलमा तीन खेल हारेको छ भने एउटा जितेको छ । मुम्बई अंकतालिकाको आठौँ स्थानमा छ । मुम्बईले आज बेलुका ७:४५ बजे वानखेडे स्टेडियममा रोयल च्यालेन्जर्स बेंगलुरुको सामना गर्दैछ ।