१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा बस दुर्घटना, छ जना स्कुले बालबालिकाको मृत्यु



अ+ अ-

नयाँदिल्ली । भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा छ जना विद्यार्थीको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

जि।एल। पब्लिक स्कुलका करिब ४० जना विद्यार्थी बोकेको बस कानिना क्षेत्रमा दुर्घटना भएको थियो ।

प्रारम्भिक रिपोर्टमा ड्राइभरले गाडी उच्च गतिमा लापरवाहीपूर्ण रुपमा चलाएका कारण दुर्घटना भएको जनाइएको छ ।

एक मिडिया रिपोर्टमा बसका घाइते बच्चालाई उद्धृत गर्दै बस चालकले मदिरा सेवन गरी तीव्र गतिमा बस चलाएका बताएको छ ।

निर्दोष बालबालिकाको मृत्युले सम्पूर्ण कानिना क्षेत्रबासी गहिरो शोकमा छन् ।

हरियाणा राज्यका मुख्यमन्त्री नायब सिंह सैनीले मानवीय क्षतिप्रति दु:ख व्यक्त गर्दै सन्तान गुमाउने परिवारप्रति सहानुभूति सहित घाइतेको स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।