२१ मंसिर २०८२, आईतवार
,
Latest
क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश साविक विजेता जनकपुरमाथि कर्णालीको रोमान्चक जित केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः… संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस्ः सभामुख घिमिरे ‘साधनमाला’ लोकार्पण गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पर्यटकीय गन्तव्यको पूर्वजानकारी दिन सूचना बोर्ड’



अ+ अ-

गोरखा । पर्यटकलाई आफू पुग्ने पयर्टकीय गन्तव्यको पूर्वजानकारी दिन तल्लो मनास्लु पर्यटकीय पदमार्गमा सूचना बोर्ड राख्न सुरु गरिएको छ । धार्चे गाउँपालिकाअन्तर्गत पर्ने तल्लो मनास्लु पदमार्गको विभिन्न स्थानमा सूचना बोर्ड राख्न सुरु गरिएको हो ।

पदमार्गको विभिन्न छ ठाउँमा सूचना बोर्ड राखिएको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले जानकारी दिनुभयो । “पदमार्गको विभिन्न छ ठाउँमा सूचना बोर्ड राखिसकिएका छौँ । बाँकी स्थानमा तीव्रताका साथ सूचना बोर्ड राख्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

पदमार्गमा पर्ने लापुबेँसीस्थित प्रिन्स ह्यारी हिल्ड र खानीबेँसी, माछीखोलाको एक/एक स्थानमा, खोर्लाबेँसी र मार्साका दुई/दुई स्थानमा बोर्ड राखिसकिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पर्यटन बोर्ड गण्डकी प्रदेश र धार्चे गाउँपालिकाको संयुक्त साझेदारीमा पदमार्गमा सूचना बोर्ड राख्न सुरु गरिएको उहाँले बताउनुभयो ।

पदमार्गमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटकीय स्थानको उचाइ, गन्तव्य पुग्न लाग्ने समय, एक ठाउँदेखि अर्को ठाउँसम्मको दूरीलगायत जानकारी सूचना बोर्डमा उल्लेख गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार समितिले यसपटक तल्लो मनास्लु पदर्मागअन्तर्गत पर्ने विभिन्न २५ स्थानमा सूचना बोर्ड राख्न लागेको छ ।

केरौजाबेँसी, मार्सा, दोभानखोला, हुल्चुकस्थित कालपोखरी जाने र रुन्चेत जाने स्थान, यारुफाँट, हनिहन्टिङ गर्ने ठाउँ अन्तरबेँसी, सिङ्ला, थमन भिसीगाउँ, यामगाउँ, गुम्दा, भिरकोटलगायतका ठाउँमा सूचना बोर्ड राखिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

“सूचना बोर्डमा पदर्मागअन्तर्गत पर्ने खोलानाला, ताल, पुलका साथै ती क्षेत्रमा पाइने जङ्गली जनावरका बारेमा पनि जानकारी रहनेछन्”, उहाँले भन्नुभयो, “यसले पर्टयकलाई पर्यटकीय गन्तव्यका बारेमा बाटोमा नै पूर्वजानकारी प्राप्त हुने हुँदा पदयात्रा गर्न सजिलो हुनेछ ।”

समितिमार्फत यसअघि पनि पदमार्गका विभिन्न पाँच ठाउँमा सूचना बोर्ड राखिएको थियो । मनास्लु पदमार्ग घुम्न आउने पर्यटकका लागि आफू पुग्ने गन्तव्यको पूर्वजानकारी लिन प्रभावकारी भएपछि अन्य ठाउँमा पनि बोर्ड राख्न लागिएको उहाँले बताउनुभयो । रासस