१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता

भूतनाथको सुटिङ​मा आफ्नै घरबाट कपडा ल्याउँथे शाहरुख खान

भूतनाथको सुटिङ​मा आफ्नै घरबाट कपडा ल्याउँथे शाहरुख खान
अ अ+ अ-

एजेन्सी । फिल्म हिट बनाउन अभिनेताको भन्दा निर्देशकको भूमिका धेरै हुन्छ । निर्देशकलाई पर्दा पछाडिको नायक भनिन्छ । राम्रो निर्देशकले नराम्रो फिल्मलाई पनि राम्रो तरिकाले देखाउन सक्छ, जबकि निर्देशकको एक सामान्य गल्तिले राम्रो फिल्मलाई पनि बिगार्न सक्छ।

सन् २००८ को हिट फिल्म ‘भूतनाथ’का निर्देशक विवेक शर्माले उक्त फिल्ममा शाहरुख खानको कपडामा ४० हजार मात्रै खर्च भएको बताएका छन् । दैनिक भास्करसँगको कुराकानिमा उनले फिल्मको दौरान शाहरुखले घरबाटै कपडा लगाएर आएका बताएका छन् ।

विवेकले आजकल कस्ट्युम डिजाइनरले धेरै पैसा लिने गरेको बताए । कलाकारको पहिरन छनोटमा निर्देशकको कति ठूलो भूमिका हुन्छ ? भन्ने प्रश्नको जवाफमा विवेकले भने, ‘पोशाक छनोट गर्ने काम निर्देशकको हो । भूतनाथको समयमा, मैले अमित जीलाई तीनवटा कपडामा सबै दृश्यहरू खिचाएको थिएँ। यसबाहेक शाहरुख खान आफ्नो घरबाट कपडा ल्याउँथे । उसको नौसेनाको पोसाक मात्र मैले बनाएको हो । भूतनाथमा शाहरुखको पहिरनमा मात्र ४० हजार रुपैयाँ खर्च भयो भन्ने कुरामा तपाईलाई विश्वास लाग्दैन ।’