• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ? ★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे ★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु



भरतपुर । चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरिएको छ । भरतपुर–माडी–ठोरी सडकअन्तर्गत निकुञ्जभित्रको बाटो बिग्रिएपछि मङ्गलबारदेखि मर्मत गर्न थालिएको हो ।

माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाको पहलमा सडक डिभिजन भरतपुरले बाटो मर्मतको काम थालेको बताउनुभयो । “रिउ पुलबाट कसरासम्म मङ्गलबारदेखि मर्मत सुरु भएको छ”, उहाँले भन्नुभयो, “सडक डिभिजनसँग मर्मतका लागि केही बजेट रहेछ, त्यसबाटै हुन लागेको हो ।”

चैतेदसैँको अवसरमा चितवन राष्ट्रिय निकुञ्जभित्र लाग्ने विक्रम बाबाको मेला पनि सुरु भइसकेको छ । उहाँले माडीका बासिन्दालाई मेला आउनका लागि सडक मर्मतपछि सहज हुने बताउनुभयो । हुलाकी सडकखण्डअन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एकमात्र सडक हो । निकुञ्जभित्रको यो सडकमा यात्रा गर्दा वन्यजन्तुको समेत जोखिम हुन्छ ।

निकुञ्जभित्रको बाटो कालोपत्र गर्न नगरपालिकाले निरन्तर पहल गर्दै आएको छ । निकुञ्जको कानुनी अड्चनका कारण यो सडक कालोपत्र हुनसकेको छैन । यो सडक हुँदै दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने गर्छन् ।