• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

सीमाविद् बुद्धिनारायणलाई दण्डपाणि–नन्दकुमारी राष्ट्रिय पुरस्कार प्रदान



काठमाडौँ । दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रले यस बर्षको “दण्डपाणि नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई अर्पण गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको उपलकुलपति कार्यालयमा आज आयोजित कार्यक्रममा उपकुलपति प्राध्यापक डा केशरजंग बरालले उहाँलाई पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा उपकुलपति बरालले देशको सीमा र त्यसका विविध पक्षबारे सबैभन्दा जानकार सीमाविद् श्रेष्ठ नै भएको बताउनुभयो ।

कुनै पनि नागरिकलाई आफ्नो देश चिन्न सीमाविद् श्रेष्ठकै अनुसन्धानले मद्दत गर्ने भएकोले दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार योग्य व्यक्तित्वले पाएको उहाँको भनाइ थियो ।

सीमाविद् श्रेष्ठले ठोस् कूटनीतिक पहलमार्फत छिमेकी देशसँगको सीमा समस्यालाई जतिसक्दो छिटो पार लगाउनुपर्ने बताउनु भयो । उहाँले छिमेकी देशसँग नेपालको सीमासम्बन्धी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

लामो समय अन्तर्राष्ट्रिय सीमासम्बन्धी अध्ययन अनुसन्धानमा संलग्न श्रेष्ठले छिमेकी मुलुकसँगको सीमा विवाद यथासक्य छिटो समाधान गर्नुपर्ने समेत बताउनुभयो । “छिमेकसँगको साँध सीमा विवादलाई लामो सयमसम्म राखिरहनु कसैको पनि हितमा हुँदैन”, उहाँले भन्नुभयो ।