• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

पतञ्जली विज्ञापन प्रकरणमा रामदेव–बालकृष्णको माफी अस्वीकृत, कारबाहीका लागि तयार हुन आदेश



एजेन्सी । बुधवार भारतको सर्वोच्च अदालतले पतञ्जलीको विवादास्पद विज्ञापन मुद्दामा बाबा रामदेव र बालकृष्णको दोस्रो माफी पनि खारेज गरेको छ ।

न्यायमूर्ति हिमा कोहली र न्यायमूर्ति अमानतुल्लाहको इजलासले पतञ्जलीका वकिल विपिन सांघी र मुकुल रोहतगीलाई जानाजानी अदालतको आदेशको उल्लंघन गरेको भन्दै कारबाहीका लागि तयार रहन समेत भनेको छ ।

यसअघि अप्रिल २ मा सोही इजलासमा भएको सुनुवाइमा पतञ्जलीको तर्फबाट माफी मागिएको थियो । त्यस दिन पनि इजलासले पतञ्जलिलाई हप्काउदै यो माफी माग पूरा गर्नका लागि मात्रै भएको बताएको थियो । यसपछि अदालतले १० अप्रिलमा सुनुवाइको मिति तोकेको थियो ।

अप्रिल ९ मा, सुनुवाइको ठीक एक दिन अघि बाबा रामदेव र पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले नयाँ पत्र दायर गरे । जसमा पतञ्जलीले बिनाशर्त माफी मागेको र यो गल्तीप्रति पश्चाताप भएको र यस्तो दोहोरिने नहुने बताएका थिए ।

भारतीय मेडिकल एसोसिएशन (आईएमए) द्वारा १७ अगस्त, २०२२ मा दायर गरिएको याचिकाको सर्वोच्च अदालतले सुनुवाई गर्दैछ । पतञ्जलीले कोभिड खोप र एलोप्याथी विरुद्ध नकारात्मक प्रचार गरेको उल्लेख छ । यसै क्रममा आफ्नै आयुर्वेदिक औषधिले केही रोग निको हुने झुटो दाबी समेत गरेको आरोप लागेको छ ।