• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ?

राष्ट्रियसभा उपाध्यक्ष निर्वाचन: दुवै प्रस्ताव प्रस्तुत



तस्बिरःरासस

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचनका लागि दर्ता भएका दुवै प्रस्तावका प्रस्तावक र समर्थकले आफ्ना उम्मेदवारका पक्षमा दाबी प्रस्तुत गर्नुभएको छ ।

उक्त पदमा नेपाली कांग्रेसका सांसद विष्णुदेवी पुडासैनी र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सांसद बिमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने दुई प्रस्तावको दर्ता भएका थिए । सांसद पुडासैनलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावका प्रस्तावक कांग्रेसका सांसद दुर्गादेवी गुरुङले पुडासैनी लोकतान्त्रिक आन्दोलनमा निस्वार्थरुपमा लागेर काम गर्नुभएको बताउनुभयो । सो प्रस्तावका समर्थक कांग्रेसका सांसद नारायणदत्त भट्टले समर्थन जनाउनुभयो ।

सांसद घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावका प्रस्ताव एमाले का सांसद भगवती न्यौपानेले कम्युनिष्ट आन्दोलनमा लागेर देश र जनताका लागि शालिन र सशक्तरुपमा भूमिका निर्वाह गर्दै आउनुभएको बताउनुभयो । उक्त प्रस्तावका समर्थक नेकपा ९माओवादी केन्द्र० का सांसद गोपीबहादुर सार्की अक्षामीले साझा सहमतिका आधारमा घिमिरेलाई उम्मेदवार बनाइएको अवगत गराउनुभयो ।

एमालेका सांसद देवेन्द्र दाहालले सर्वसम्मत हुन नसके पनि स्वच्छ प्रतिस्पर्धाका आधारमा उपाध्यक्ष चयन गर्न आग्रह गर्नुभयो । निवर्तमान उपाध्यक्ष एवं माओवादी केन्द्रका सांसद उर्मिला अर्यालले उम्मेदवार घिमिरे उक्त पदका लागि योग्य भएको बताउनुभयो भने कांग्रेसका कृष्णबहादुर रोकायाले राष्ट्रियसभालाई सहमतिका आधारमा आफ्नो पार्टीलाई दिने अपेक्षा गरे पनि उक्त अपेक्षा पूरा हुन नसकेको गुनासो गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्तीदेवी राईले घिमिरेसँग आफूले लामो समयदेखि सहकार्य गरेको उल्लेख गर्दै विद्यमान अवस्थामा उहाँ उक्त पदका लागि उपयुक्त पात्र भएको बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले पनि घिमिरेलाई समर्थन गर्नुभयो । दुवै प्रस्तावलाई क्रमश: निर्णयार्थ प्रस्तुत गर्न दस्तखतसहितको मतविभाजका माध्यमबाट निर्वाचन हुने कार्यक्रम रहेको छ ।