• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’ ★   नक्कली डाक्टर पक्राउ ★   जीप दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते ★   गृहमन्त्री रवि लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइँदै ★   आज मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै ★   काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान ★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, एमालेले मत दिने तर सरकारमा नजाने ★   प्रतिनिधिसभाको बैठक आज, रवि लामिछानेले बोल्ने कार्यसूची, कांग्रेसले नदिने ★   मुस्लिम संघबाट हजयात्रीको बिदाई

काँग्रेसको माग अनुसारको छानविन समिति बनाऔँ: राजेन्द्र पाण्डे



काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले माग गरे अनुसारको सहकारी ठगि प्रकरणको छानविन गर्न संसदीय समिति बनाउन माग गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले सहकारी ठगि प्रकरणको छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने बताउनुभएको हो । उहाँले प्रमुख प्रतिपक्षको मागलाई ध्यान दिएर सार्थक वार्ता गरी संसदको गतिरोध अन्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेकपा(एकीकृत समाजवादी) पनि २०४७ सालदेखिकै भ्रष्टाचारहरुको छानविन गर्ने पक्षमा रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संसदभित्र केही दिनदेखि प्रमुख प्रतिपक्षले सहकारीका ठगि प्रकरणका सम्बन्धमा छानविनको माग लिएर संसदको बैठक अवरोध गरिरहेको छ । प्रमुख प्रतिपक्षको मागलाई ध्यान दिएर सार्थक वार्ता गरी संसदको यो गतिरोध अन्य गर्न म सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गर्न चाहन्छु । सहकारी ठगिको छानविन र भ्रष्टाचारको छानविन गर्ने कुरा जोडदार उठिरहेको बेला ०४७ सालदेखिकै भ्रष्टाचारको छानविन गर्ने कुरो पनि आयो । नेकपा(एकीकृत समाजवादी) पार्टीको तर्फबाट म के भन्न चाहान्छु भने ठिक छ, ०४७ सालदेखिकै भ्रष्टाचार छानविनको काम गरौँ । दोषिहरुलाई कारबाही गर्ने गरी छानविन गरौँ । उम्काउने गरी होइन ।’

सांसद पाण्डेले दोषिलाई उम्काउनेगरी नभई कारबाही गर्नेगरी छानविन गर्नुपर्ने बताउनु भयो ।