• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

हाम्रो पात्रोले सुरू गर्यो समाचार पढ्न सजिलो र थप व्यक्तिगत बनाउन बुलेटिन



काठमाडौं । चर्चित नेपाली एप हाम्रो पात्रोले समाचार खण्डमा पहिलो पटक सबैका लागि समाचार पढ्न सजिलो बनाउनका लागि एउटा नयाँ सुविधा सुरु गरेको छ।

यो सुविधामा हाम्रो पात्रोले महत्त्वपूर्ण समाचारहरूलाई विश्लेषण र वर्गीकरण गरी समाचारको सारांशलाई बुलेटिनको रूपमा राख्न थालेको हो। यो हरेक तीन घण्टा अपडेट हुन्छ, त्यसैले प्रयोगकर्ताहरुले सधैं ताजा समाचारहरू हेर्न पाउनेछन। यो सुबिधा विशेष गरी समाचार पढ्न समय नभएको तर समाचारसंग सचेत र सूचित पाठकहरूको अन्तरक्रिया बढाउन यस्तो फिचर ल्याइएको हाम्रो पात्रो इंकले जनाएको छ ।

हाम्रो पात्रोले गत हप्तादेखि एआईको प्रयोग गरी महत्त्वपूर्ण समाचारहरूलाई विश्लेषण र वर्गीकरण गरी समाचारको सारांशलाई बुलेटिनको रूपमा राख्न थालेको हो । तर ती समाचारहरूमा पाठकले प्रतिक्रिया जनाउन भने पाएका थिएनन् । अब भने प्रत्येक तीन घण्टाको अन्तरालमा बुलेटिनमा अपडेट हुने समाचारहरूमा पाठकले प्रतिक्रिया जनाउन पाउने छन् ।

एआईले विभिन्न समाचारहरू बीचका समानता पहिचान गर्न सक्ने हाम्रो पात्रोकी निर्देशक सुदीना गौतमले बताइन् । त्यस्तै पाठकको रुचि, प्राथमिकता र पढ्ने बानी बुझ्न सहयोग पुग्ने गरी एआईले पाठकको रुचि अनुसारका समाचारहरूलाई सिफारिस गर्न सक्ने दाबी समेत गरिएको छ ।