२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी

कुनबार जन्मेका व्यक्तिले अधिक धन लाभ गर्ने अवसर पाउने छन्, यस्तो छ रोचक तथ्य

कुनबार जन्मेका व्यक्तिले अधिक धन लाभ गर्ने अवसर पाउने छन्, यस्तो छ रोचक तथ्य
अ अ+ अ-

काठमाडौं । कुनै पनि व्यक्तिको जन्म सात बार मध्ये एक दिन हुने गर्छ। हरेकको जन्म बार र समयबाट जन्मकुण्डली बनाउने वा भविष्यवाणी गर्ने गरिन्छ। ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गर्छ।

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । यी ग्रहहरुले तपाईको आयआर्जनमा समेत प्रभाव पार्ने गर्छन। आज हामी तपाईहरुलाई कुन बार जन्मेकाले कति सम्पति कमाउन सक्छन भन्ने विषयमा बताउन जाँदैछौ ।

आईतबार : आइतबार जन्मिने व्यक्ति  निकै भाग्यमानी हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता व्यक्ति कम बोल्ने र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने व्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुशी राख्न अधिक प्रयास गर्छन् । तर यस दिन जन्मेका व्यक्तिहरुलाई २० देखि २२ वर्षको उमेर सम्म दुःख कष्ट हुने गर्छ । आइतबार जन्मिने महिला दान-पुण्य गर्ने र निकै चलाख हुने गर्छन। यिनीहरुले २२ वर्षपछि अधिक धन लाभ गर्ने अवसर पाउने छन्।

सोमबार : सोमबार जन्मिने व्यक्तिहरुको  बोलीमा निकै मिठासपन पाउन सकिन्छ । यस्ता व्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किनभने उनीहरुलाई दुःख सुख उस्तै(उस्तै लाग्छ । सोमबार जन्मिने व्यक्ति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।

मंगलबार : मंगलबार जन्म भएका व्यक्तिहरु निकै भाग्यशाली र धनवान हुने गर्छन। तर यस दिन जन्मेका महिलाहरु भने निकै कठोर प्रकृतिका हुने गर्छन। यिनीहरुले छाला सम्बन्धि रोगको सामना गर्नुपर्ने हुनसक्छ।

बुधबार : यस दिन जन्मेका व्यक्तिहरु धर्म कर्ममा साथै आफ्नो काममा निकै चासो दिने भएकाले प्रशस्त धन सम्पति संचित गर्ने अवसर मिल्नेछ। यिनीहरुलाई ८ र २२ वर्षको उमेरमा केहि रोग वा कष्ट पर्ने भएपनि जीवन सामान्य रहन सक्छ।

बिहिवार : यस दिन जन्मिने पुरुषहरु निकै विद्वान र पराक्रमी हुने गर्छन। विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ । तर ३० वर्ष उमेर नाघे पछि यिनीहरुको भाग्य खुल्ने र सोचेभन्दा बढी धन सम्पति कमाउने अवसर मिल्नेछ।

शुक्रबार : यस दिन जन्मिले व्यक्तिहरु निकै रोमान्चक स्वभावका हुन्छ । उनीहरुको मिठो स्वरले सबैको मन जित्न सफल हुने गर्छ। यस बार जन्मिने व्यक्तिहरुलाई २० र २४ वर्षको उमेर मा दुख कष्ट पर्ने भएपनि आफ्नो कडा मेहेनत र परिश्रमको बावजुद प्रशस्त धन आर्जन गर्न सक्छन।

शनिबार : शनिबार जन्म भएका प्रायस् व्यक्तिहरु अर्काको नोकरी भन्दा पनि आफ्नै व्यापार गर्न रुचाउने गर्छन। यिनीहरुको बाल्यकाल केहि कष्टपूर्ण हुने भएपनि त्यसपश्चातको पुरै जीवन खुशी र सुखी बित्नेछ। यस दिन जन्मेका व्यक्तिहरुले २०, २५ र ४५ वर्षको उमेरमा केही समस्याहरु सामना गर्नुपर्नेछ। यिनीहरु प्रशस्त धन आर्जन गर्न सफल हुनेछन्।