२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न अनुसन्धानको महत्वपूर्ण भुमिका हुन्छ: उपप्रधनमन्त्री यादव



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न र दिगो विकासका लक्ष्यहरु हाँसिल गर्न अनुसन्धानको महत्वपूर्ण भुमिका हुने बताउनुभएको छ ।

बुधवार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औं वार्षिकोत्सव समारोहमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य अनुसन्धानले महत्वपूर्ण तथ्य प्रमाण्का आधारमा विश्वव्यापी स्वास्थ्य चुनौतिहरुको सामना गर्दै दिगो विकासका लक्ष्य प्राप्ति गर्न हाम्रा प्रयासहरुलाई मार्गदर्शन हुने बताउनु भयो । उहाँले स्वास्थ्य अनुसन्धानले हामीलाई उदयमान स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि र समस्याहरु पहिचान गरी समयमै सम्भावित विकल्पहरु आँकलन गर्न सक्षम बनाउने बताउनु भयो । उहाँले अनुसन्धानले दिगो विकास लक्ष्यको मुल सिद्धान्तअनुरुप स्वास्थ्य क्षेत्रमा विद्यमान असमानताहरुलाई सम्बोधन गर्दै समताको प्रवद्र्धन गर्न महत्वपूर्ण भुमिका खेल्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न र दिगो विकासका लक्ष्यहरु हाँसिल गर्न अनुसन्धानको महत्वपूर्ण भुमिका हुन्छ । स्वास्थ्य अनुसन्धानले महत्वपूर्ण तथ्य प्रमाण्का आधारमा विश्वव्यापी स्वास्थ्य चुनौतिहरुको सामना गर्दै दिगो विकासका लक्ष्य प्राप्ति गर्न हाम्रा प्रयासहरुलाई मार्गदर्शन गर्दछ । स्वास्थ्य अनुसन्धानले हामीलाई उदयमान स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि र समस्याहरु पहिचान गरी समयमै सम्भावित विकल्पहरु आँकलन गर्न सक्षम बनाउँछ । साथै अनुसन्धानले दिगो विकास लक्ष्यको मुल सिद्धान्तअनुरुप स्वास्थ्य क्षेत्रमा विद्यमान असमानताहरुलाई सम्बोधन गर्दै समताको प्रवद्र्धन गर्न महत्वपूर्ण भुमिका खेल्छ ।’

उहाँले स्वास्थ्य क्षेत्रको विकास बिना समृद्धि, समाजवाद र विकासको कल्पना गर्न नसकिने बताउनु भयो ।