२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास

सभामुखले अल्पमतमा रहेको सरकारको छायाका रुपमा काम गरे : अष्टलक्ष्मी शाक्य

सभामुखले अल्पमतमा रहेको सरकारको छायाका रुपमा काम गरे : अष्टलक्ष्मी शाक्य
अ अ+ अ-

काठमाडौं । बागमती प्रदेशको प्रदेश सभा फागुन ५ गते सम्मका लागि स्थगित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका सांसदहरुले विरोध जनाएका छन् । बागमती प्रदेश, प्रदेश सभाको आज (माघ १९ गते) बोलाईको बैठक सभामुख सानुकुमार श्रेष्ठले फागुन ५ गते सम्मका लागि स्थगित गरेपछि सांसदहरुले विरोध जनाएका हुन् ।

नेकपाका प्रचण्ड–माधव समूहका सांसदहरुले प्रदेश सभाको बैठक बोलाउन माग गर्दै प्रदेश सभा सचिवालयमा नाराबाजी समेत गरेका छन् । सभामुख श्रेष्ठले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदहरु र अन्य दलसँग समेत कुनै छलफल नगरी, कार्य व्यवस्था परामर्श समितिको बैठक समेत नराखी, कुनै कारण नखुलाई संसद स्थगन गर्नुभएको भन्दै तत्काल सच्याउन माग गर्दै सांसदहरुले विरोध प्रदर्शन गरेका हुन् ।

त्यस लगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा सांसद अष्टलक्ष्मी शाक्यले सभामुखले एकलौटी ढंगले कसैसँग पनि छलफल नगरी बैठक सार्ने काम गर्नुभएको बताउनुभयो । सभामुख श्रेष्ठले तटस्थ भएर निर्णय गरेको नभई अल्पमतमा रहेको सरकारको छायाको रुपमा काम गरेको आरोप समेत सांसद शाक्यले लगाउनुभयो । उहाँले बैठक स्थगन गर्ने कदमलाई सच्याएर तत्काल बैठक राख्न समेत माग गर्नुभयो ।

बागमती प्रदेशको आजका लागि डाकिएको बैठक फागुन ५ गतेसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद रहेको छ । त्यसको असर प्रदेश सभामा पनि देखिएको छ ।