११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday

27.27°C

काठमाडौं

27.27°C

Kathmandu

Feels-like: 26.55

Wind: 5.14

Humidity: 29

Latest
‘अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्छ’ मधेस प्रिमियर लिगको उपाधि मिथिला वारियर्सलाई ‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’ युवाले देश बनाउने सङ्कल्प गर्नुपर्दछ, सङ्कल्पलाई साकार पार्नुपर्दछ–प्रधानमन्त्री किएभमा रुसी क्षेप्यास्त्र हमलामा ९ जनाको मृत्यु, ६३ घाइते संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले डिल गरिरहेको छः गगन थापा राष्ट्र निर्माणको भविष्य युवाको काँधमा रहेको छ– महासचिव पोखरेल राष्ट्रियसभालाई निकास दिने थलोका रूपमा विकास गरिनुपर्छ: अध्यक्ष दाहाल समावेशिता र समानताको ग्यारेण्टि लोकतन्त्रमा मात्र सम्भव हुन्छः सभापति पोखरेल नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ–फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलीय किचलोले संघीय संसद् कहिलेसम्म बन्धक ?



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता गठबन्धन दलबीचको किचलोका कारण चैत २ गतेदेखि प्रतिनिधिसभाको बैठक प्रभावित छ । आज बस्ने भनिएको बैठक पनि अनिश्चित छ ।

नेपाली कांग्रेस सत्ताबाट बाहिरिनुपर्दाको छटपटीका कारण उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रामक बनिरहेको छ । फागुन २३ गते लामिछाने गृहमन्त्री बनेदेखि नै कांग्रेस आक्रामक बन्दै आएको हो । कांग्रेसलाई आफ्नै नेताहरुमाथि छानबिन हुने र कर्तुतहरु बाहिर आउने डरका कारण गृहमन्त्रीको आलोचना गरेको आरोप लाग्ने गरेको छ ।

तर नेपाली कांग्रसले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै आएको छ । उसले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गरेको छ ।

लामिछाने राजनीतिमा प्रवेश गर्नुअघि काम गरेको गोर्खा मिडिया नेटवर्कअन्तर्गतको ग्यालेक्सी टीभीले सहकारीको पैसा अपचलन गरेको र त्यसमा रवि लामिछाने पनि जोडिएको भन्दै त्यसबारेमा अनुसन्धान गर्न संसदीय समितिको माग गर्दै प्रतिनिधिसभामा अवरोध गर्दै आएको हो । लामिछाने गृहमन्त्री भएको दोस्रो दिनदेखि नै कांग्रेसले सहकारी प्रकरणमा उनी दोषी रहेको र छानबिन गर्नुपर्ने माग अघि सार्दै आएको छ ।

कांग्रेसकै कारण संसद् बन्धक बनेपछि सभामुख देवराज घिमिरेले सहमतिका लागि केही दिनयता लगातार प्रयास गरिरहेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरिसकेका छन् । तर कांग्रेस टसमस भएको छैन ।

गृहमन्त्री लामिछानेले आफूमाथिका आरोपबारे संसद्कै रोष्ट्रमबाट जवाफ दिन चाहिरहेका छन् । तर कांग्रेसले लामिछानेलाई बोल्न दिएको छैन । कांग्रेस लामिछानेसँग निकै नै आक्रमण भएपछि संसदमा जनताका आवाज सुनाउन बन्द भएको छ । जनताका कुनै पनि कुरा नै उठ्न छाडेका छन । कानुन निर्माणको काम ठप्प भएको छ भने विकासका काम अलपत्र परेका छन् ।

अबरुद्ध संसदलाई नियमित गर्न आज पनि केही प्रयास हुने भएको छ । तर सहमति नजुटेको अवस्थामा आज प्रतिनिधि सभा बैठक पनि बेकामे हुने निश्चित जस्तै छ ।