२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास

मतदाता नामावली अद्यावधिक शुरु

मतदाता नामावली अद्यावधिक शुरु
अ अ+ अ-

महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले यहाँका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ । सरकारले आगामी वैशाख महिनामा दुई चरणमा आम निर्वाचन घोषणा गरेसँगै यहाँको निर्वाचन कार्यालयले मतदाता नामावलीमा रहेको नाम, विवरणमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका र नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन लागेको हो   ।

आगामी बुधबारसम्म नौवटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कार्य सञ्चालन गरेको निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले जानकारी दिनुभयो । उहाँले झुठो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन सकिने व्यवस्था समेत गरिएको बताउनुभयो ।

“नामावलीमा रहेको आफ्नो नाम वा विवरणमा त्रुटि भए सच्याउन, नाम दोहरो परेको भए हटाउन, मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन सूचना दिन र कसैले झुठो विवरण दिइ मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिनुहुन सूचना जारी गरिएको छ”, उहाँले भन्नुभयो, “थप कार्यक्रम छलफल गरी अघि बढाइने छ ।”

तीन वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई लाख ७७ हजार ५९ मतदाता रहेका छन् । एक सय ३२ मतदानस्थल रहेको जिल्लामा ३३० मतदान केन्द्र रहेका छन् । उहाँका अनुसार यहाँका नौवटै पालिकाको केन्द्रमा सहायक नाम दर्ता अधिकारी खटाएर अद्यावधिक थालिएको जानकारी दिनुभयो । 

“दोधारा–चाँदनीमा रहेको माहामाया माविमा रहेको मतदान केन्द्रलाई भानु बहुमुखी क्याम्पसमा पुर्नवलोकन गर्न हामीले आयोगलाई सिफारिस गरेका छौँ”, उहाँले भन्नुभयो, “सिफारिस यहाँबाट गरे पनि निर्णय आयोगले गर्छ ।”

खुलेनन् सीमानाका

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत वर्ष चैतदेखि नेपाल–भारत सीमानाकामा गरेको कडाइ सरकारले खुलाउने निर्णय गरे पनि कार्यान्वयनमा आइसकेको छैन । मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिममा रहेका नेपाल–भारतमा सीमानाका खुला गरे पनि यात्रुलाई भने स्थानीय प्रशासनले सहजरुपमा आवागमन गर्न नदिएको गुनासो छ ।

कञ्चनपुरसित जोडिएको गड्डाचौकी नाका र डोकेबजार नाकाबाट भारतमा मजदूरीका लागि जाने नेपालीलाई प्रक्रिया पूरा गरेर जान दिइए पनि यात्रा भने सहज नभएको भनाइ छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सीमानाका निर्वाधरुपमा खुला नरहेको उहाँले जानकारी दिनुभयो ।

“मन्त्रिपरिषद्ले गरेको निर्णयका विषयमा हामीले बोल्न मिल्दैन”, उहाँले भन्नुभयो, “ औषधोपचारलगायत अत्यावश्यक कामका लागि हामीले सिफारिस गरेका आधारमा भारत आउने÷जाने भइरहेको छ ।”

उहाँले नाका सञ्चालन भएका विषयमा प्रशासन कार्यालयले सूचनासमेत जारी नगरेको बताउनुभयो । भारत जाने नेपालीलाई भारतीय पक्षबाट पनि यहाँका नाकामा रोकतोक छैन । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले नाका खुलाउने विषयमा भारतीय पक्षसित पनि समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

“मन्त्रिपरिषद्को निर्णयले यहाँ झन् अलमल जस्तो भयो”, अध्यक्ष मल्लले भन्नुभयो, “ नेपाली पक्षले मात्रै खुलाएर भएन भारतीय पक्षसित पनि समन्वय गरेर नाका निर्वाधरुपमा सञ्चालन गर्नुपर्छ ।” रासस