• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   दाेस्राे चरणकाे छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु

सोमबार नेप्से परिसूचक ३७.७० अंकले बढेर उकालो, सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगट्यो



काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ३७.७० अंकले बढेर २ हजार ४०८.२४ बिन्दुमा पुगेको छ । त्यसैगरी सेन्सेटिभ इन्डेक्स ४.९५ अंकले बढेर ४ सय ३७.२८ बिन्दुमा पुगेको छ ।

सोमबार शेयर बजारमा रू. ६ अर्ब ९७ करोड २९ लाख ३६ हजारको कारोबार भएको छ । कारोबार रकम आइतबारको तुलनामा कम हो । यस दिन २०३ कम्पनीको ६५ हजार ७७८ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड ३३ लाख ११ हजार ९४२ कित्ता शेयर कारोबार भएको छ ।  

सोमबार लघुवित्त समूह र म्युचुअल फण्डका लगानीकर्ताहरुले भने गुमाएका छन् । लघुवित्त समूहको परिसूचक ०.६९ प्रतिशत र म्युचुअल फण्डको परिसूचक ०.०१ प्रतिशत घटेको हो । यो दिन होटल समूहको परिसूचक सर्वाधिक ८.७६ प्रतिशतले बढेको छ भने कालिका माइक्रोक्रेडिट डेभलपमेण्ट बैंक लिमिटेडको शेयरमूल्य ७ दशमलव २४ प्रतिशतले घटेको छ ।

बैंकिङको १.२ प्रतिशत, व्यापारिकको १.७१ प्रतिशत, विकास बैंकको २.२ प्रतिशत, जलविद्युतको १.८३ प्रतिशत, वित्तको ३.५९ प्रतिशत, निर्जीवन बीमाको १.०१ प्रतिशत, उत्पादन तथा प्रशोधनको २.०२ प्रतिशत, अन्यको २.८३ प्रतिशत र जीवन बीमा समूहको २.१८ प्रतिशत परिसूचक बढेको छ ।

यो दिन सेञ्चुरी कमर्सियल बैंक र प्रोग्रेसिभ फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने ८ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीलेवृृद्धि भएको छ । प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. १५ ले बढेर अन्तिम मूल्य रू. १६५ र सेञ्चुरी कमर्सियल बैंकको प्रतिकित्ता रू. २३ ले बढेर अन्तिम मूल्य रू. २५३ कायम भएको हो ।

पोखरा फाइनान्सको शेयरमूल्य ९.९६ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको ९.९५ प्रतिशत, माउण्टेन इनर्जी नेपालको ९.९१ प्रतिशत, सोल्टी होटलको ९.९० प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ९.८५ प्रतिशत, बेष्ट फाइनान्सको ९.६८ प्रतिशत, सिन्धु विकास बैंकको ९.३९ प्रतिशत र सेन्ट्रल फाइनान्सको ९.१८ प्रतिशतले मूल्य बढेको हो । 

विगत लामो समयदेखि नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक रकमको शेयर कारोबार गर्दै आएको थियो । सोमबार भने नेपाल लाइफ सर्वाधिक कारोबार गर्नेमा दोस्रो नम्बरमा रहेको छ । नेपाल लाइफको भने यो दिन रू.२९ करोड ९९ लाख ८ हजार बराबरको शेयर कारोबार भएको हो । 

सोमबार भएको कारोबारमा धेरै समयपछि सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीको रहेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १०८ ले बढेर अन्तिम रू. १ हजार ६१७ कायम भएको दिन ७.१६ प्रतिशत बढेको हो । यो दिन नेपाल लाइफ इन्स्योरेन्सलाई पछि पार्दै नेपाल पुनर्बीमा कम्पनीको रू. ५८ करोड ३३ लाख ७७ हजार बराबरको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यो दिन कम्पनीको न्यूनतम रू. १ हजार ५१० र अधिकतम रू. १ हजार ६३८ सम्मको मूल्यमा शेयर खरीदविक्री भएको छ ।