३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सोमबार नेप्से परिसूचक ३७.७० अंकले बढेर उकालो, सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगट्यो

सोमबार नेप्से परिसूचक ३७.७० अंकले बढेर उकालो, सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगट्यो
अ+ अ-

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ३७.७० अंकले बढेर २ हजार ४०८.२४ बिन्दुमा पुगेको छ । त्यसैगरी सेन्सेटिभ इन्डेक्स ४.९५ अंकले बढेर ४ सय ३७.२८ बिन्दुमा पुगेको छ ।

सोमबार शेयर बजारमा रू. ६ अर्ब ९७ करोड २९ लाख ३६ हजारको कारोबार भएको छ । कारोबार रकम आइतबारको तुलनामा कम हो । यस दिन २०३ कम्पनीको ६५ हजार ७७८ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड ३३ लाख ११ हजार ९४२ कित्ता शेयर कारोबार भएको छ ।  

सोमबार लघुवित्त समूह र म्युचुअल फण्डका लगानीकर्ताहरुले भने गुमाएका छन् । लघुवित्त समूहको परिसूचक ०.६९ प्रतिशत र म्युचुअल फण्डको परिसूचक ०.०१ प्रतिशत घटेको हो । यो दिन होटल समूहको परिसूचक सर्वाधिक ८.७६ प्रतिशतले बढेको छ भने कालिका माइक्रोक्रेडिट डेभलपमेण्ट बैंक लिमिटेडको शेयरमूल्य ७ दशमलव २४ प्रतिशतले घटेको छ ।

बैंकिङको १.२ प्रतिशत, व्यापारिकको १.७१ प्रतिशत, विकास बैंकको २.२ प्रतिशत, जलविद्युतको १.८३ प्रतिशत, वित्तको ३.५९ प्रतिशत, निर्जीवन बीमाको १.०१ प्रतिशत, उत्पादन तथा प्रशोधनको २.०२ प्रतिशत, अन्यको २.८३ प्रतिशत र जीवन बीमा समूहको २.१८ प्रतिशत परिसूचक बढेको छ ।

यो दिन सेञ्चुरी कमर्सियल बैंक र प्रोग्रेसिभ फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने ८ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीलेवृृद्धि भएको छ । प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. १५ ले बढेर अन्तिम मूल्य रू. १६५ र सेञ्चुरी कमर्सियल बैंकको प्रतिकित्ता रू. २३ ले बढेर अन्तिम मूल्य रू. २५३ कायम भएको हो ।

पोखरा फाइनान्सको शेयरमूल्य ९.९६ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको ९.९५ प्रतिशत, माउण्टेन इनर्जी नेपालको ९.९१ प्रतिशत, सोल्टी होटलको ९.९० प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ९.८५ प्रतिशत, बेष्ट फाइनान्सको ९.६८ प्रतिशत, सिन्धु विकास बैंकको ९.३९ प्रतिशत र सेन्ट्रल फाइनान्सको ९.१८ प्रतिशतले मूल्य बढेको हो । 

विगत लामो समयदेखि नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक रकमको शेयर कारोबार गर्दै आएको थियो । सोमबार भने नेपाल लाइफ सर्वाधिक कारोबार गर्नेमा दोस्रो नम्बरमा रहेको छ । नेपाल लाइफको भने यो दिन रू.२९ करोड ९९ लाख ८ हजार बराबरको शेयर कारोबार भएको हो । 

सोमबार भएको कारोबारमा धेरै समयपछि सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीको रहेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १०८ ले बढेर अन्तिम रू. १ हजार ६१७ कायम भएको दिन ७.१६ प्रतिशत बढेको हो । यो दिन नेपाल लाइफ इन्स्योरेन्सलाई पछि पार्दै नेपाल पुनर्बीमा कम्पनीको रू. ५८ करोड ३३ लाख ७७ हजार बराबरको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यो दिन कम्पनीको न्यूनतम रू. १ हजार ५१० र अधिकतम रू. १ हजार ६३८ सम्मको मूल्यमा शेयर खरीदविक्री भएको छ ।