१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारमा भएको सैनिक ‘कु’ प्रति नेपालको बिरोध



अ+ अ-

काठमाडौ । म्यानमारमा भएको सैनिक ‘कु’को नेपालले औपचारिक रूपमा विरोध  जनाएको छ । सोमबार साँझ परराष्ट्र मन्त्रालयले एक  प्रेस विज्ञप्ति जारी गर्दे  गिरफ्तार गरिएका राष्ट्रपति उ विन मिन्ट तथा स्टेट काउन्सिलर आङ सान सुकी लगायत नेताहरु  लाई तत्काल रिहाइ गर्न  आग्रह गरिएको छ ।

परराष्ट्र मन्त्रालयले म्यानमारमा भएका विकासक्रमलाई नेपालले नजिकबाट नियालिरहेको जनाएको छ । बिज्ञप्तिमा भनिएको  छ –हामी विश्वास गर्छौँ कि म्यानमारका जनताको चाहनालाई सबै पक्षले सम्मान गर्नेछन् अनि लोकतान्त्रिक तथा संवैधानिक प्रक्रिया चाँडै नै  पुनस्थापना हुनेछ ।

 मन्त्रालयले  सैनिक नियन्त्रणमा रहेका  राष्ट्रपति मिन्ट तथा स्टेट काउन्सिलर सुकीको सुरक्षाबारे चिन्तासमेत व्यक्त गरेको छ ।