२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावअघि कंगना रनावतले किनिन् महँगो कार



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत लोकसभा चुनावमा टिकट पाएपछि अहिले चर्चामा छिन् । यसैबीच कंगनाले एउटा नयाँ मर्सिडिज किनिन्, जसको शोरुम मूल्य २ करोड ९६ लाख भारु छ । हालै कंगना आफ्नो नयाँ कारमा देखिएकी छिन् ।

कंगना रनावत हालै मुम्बईको एक सैलुन बाहिर देखिएकी थिइन् । सैलुनबाट बाहिरिएपछि कंगना नयाँ मर्सिडिजमा देखिएकी थिइन् । उनले हालै मर्सिडीज मेब्याक जीएलएस ६०० ४ म्याटिक किनेकी हुन् ।

२५० किमी प्रतिघण्टाको यो कारमा ३९८२–सीसी इन्जिन छ । मर्सिडिजको आधिकारिक वेबसाइटका अनुसार यो लक्जरी कारको शोरुम मूल्य करिब २ करोड ९६ लाख भारु रहेको छ । तर, कर, बीमा र कस्टमाइजेसन गरी यो कारको मूल्य करिब ३ करोड ४० लाख भारु पर्न जान्छ ।

इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार कंगना रनौत धेरै लक्जरी कारकी मालिक हुन् । उनको कार संग्रहमा Mercedes Maybach S680, BMW 7 Series 730LD, Mercedes GLE 350D SUV र Audi Q3 रहेका छन् । कंगना रनावतलाई भारतीय जनता पार्टीले मण्डी सिटबाट लोकसभाको टिकट दिएको छ । कंगना आजकल पार्टीको र्‍याली र चुनावी प्रचारमा व्यस्त छिन् ।

राजनीतिमा प्रवेश गरेपछि कंगनाको फिल्म ‘इमर्जेन्सी’ जुन १४ मा रिलिज हुँदैछ । यो फिल्म पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी र इमर्जेन्सीमा आधारित छ । फिल्ममा मुख्य भूमिकासँगै कंगनाले फिल्म निर्माण तथा निर्देशन पनि गरेकी छिन् । कंगना रनावतको यसअघिको फिल्म तेजस रिलिज भएको थियो, जसले बक्स अफिसमा खासै कमाई गर्न सकेन ।

 




भर्खरै