२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावअघि कंगना रनावतले किनिन् महँगो कार



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत लोकसभा चुनावमा टिकट पाएपछि अहिले चर्चामा छिन् । यसैबीच कंगनाले एउटा नयाँ मर्सिडिज किनिन्, जसको शोरुम मूल्य २ करोड ९६ लाख भारु छ । हालै कंगना आफ्नो नयाँ कारमा देखिएकी छिन् ।

कंगना रनावत हालै मुम्बईको एक सैलुन बाहिर देखिएकी थिइन् । सैलुनबाट बाहिरिएपछि कंगना नयाँ मर्सिडिजमा देखिएकी थिइन् । उनले हालै मर्सिडीज मेब्याक जीएलएस ६०० ४ म्याटिक किनेकी हुन् ।

२५० किमी प्रतिघण्टाको यो कारमा ३९८२–सीसी इन्जिन छ । मर्सिडिजको आधिकारिक वेबसाइटका अनुसार यो लक्जरी कारको शोरुम मूल्य करिब २ करोड ९६ लाख भारु रहेको छ । तर, कर, बीमा र कस्टमाइजेसन गरी यो कारको मूल्य करिब ३ करोड ४० लाख भारु पर्न जान्छ ।

इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार कंगना रनौत धेरै लक्जरी कारकी मालिक हुन् । उनको कार संग्रहमा Mercedes Maybach S680, BMW 7 Series 730LD, Mercedes GLE 350D SUV र Audi Q3 रहेका छन् । कंगना रनावतलाई भारतीय जनता पार्टीले मण्डी सिटबाट लोकसभाको टिकट दिएको छ । कंगना आजकल पार्टीको र्‍याली र चुनावी प्रचारमा व्यस्त छिन् ।

राजनीतिमा प्रवेश गरेपछि कंगनाको फिल्म ‘इमर्जेन्सी’ जुन १४ मा रिलिज हुँदैछ । यो फिल्म पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी र इमर्जेन्सीमा आधारित छ । फिल्ममा मुख्य भूमिकासँगै कंगनाले फिल्म निर्माण तथा निर्देशन पनि गरेकी छिन् । कंगना रनावतको यसअघिको फिल्म तेजस रिलिज भएको थियो, जसले बक्स अफिसमा खासै कमाई गर्न सकेन ।