१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाको बख्तरबन्द गाडीहरु सडकमा



अ+ अ-

काठमाडौं ।नियमित अभ्यास भन्दै  नेपाली सेनाले बख्तरबन्द गाडीहरुलाई  सडकमा उतारेको छ । सोमबार राति १० बजेपछि सीतापाईलामा रहेको ब्यारेक बाट सेनाको बख्तरबन्द गाडीहरु लहरै निस्किएका थिए ।  पुर्ब सुचना दिएर गाडीहरु सडकमा निकालिएको हो  ।

२७ किलोमिटर चक्रपथ  परिक्रमा गरेर हतियारसहितका गाडीहरू पुन सीतापाईला स्थित ब्यारेका फर्किएको थियो ।सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार यो  मेकनाइज्ड युनिटबाट भएको नियमित अभ्यास मात्र हो ।