काठमाडौं । नेकपा नेपाल –दाहाल समूहले आफुहरुले नेतृत्व गरेको पक्षनै आधिकारिक भएको दाबी सहित निर्वाचन आयोगमा पत्र बुझाएका छन् । पत्र सहित सो समूहका अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल सहितका नेताहरु निर्वाचन आयोगमा गै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग छलफल गर्नुभएको थियो ।
यस अघि आयोगले बोलाएको छलफलमा नेताहरु पूर्बनिर्धारित कार्यक्रममा सहभागी हुनु परेका कारण सहभागिता जनाउन नसकिने भन्दै नेता राजेन्द्र पाण्डे पत्र बुझाएर फर्कनु भएको थियो ।
सोमबार बसेको सो समुहको बैठक ले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी गर्दै पत्र बुझाउने निर्णय गरेको थियो ।
हेर्नुहाेस् निर्वाचन आयाेगमा बुझाइएकाे पत्र