११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषदको बैठक स्थगित



अ+ अ-

काठमाडौं । बुधबार बिहान ११ बजेका लागि बोलाएको संवैधानिक परिषद्को बैठक साँझ ५ बजेका लागि सारिएपनि बैठक स्थगित भएको छ। परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले बोलाएको परिषद्को बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।  

संवैधानिक परिषद्मा प्रधानमन्त्रीसँगै, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख र प्रमुख प्रतिपक्षीदलका नेता सदस्य रहन्छन्। हाल प्रतिनिधि सभाको उपसभामुख पद रिक्त रहेको छ। 

संवैधानिक परिषद् सम्बन्धि ऐनलाई  गत मंसिर ३० प्रधानमन्त्री ओलीले कायम रहेका सदस्य संख्याको बहुमतले निर्णय गर्न सक्ने गरि अध्यादेश मार्फत् संशोधन गरेका थिए। उक्त अध्यादेश विरुद्ध हाल सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ।