३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

स्मार्टफोन ह्याक भएका संकेतहरु के-के हुन् ? यसरी थाहा पाउनुहोस्

स्मार्टफोन ह्याक भएका संकेतहरु के-के हुन्  ?  यसरी थाहा पाउनुहोस्
अ+ अ-

एजेन्सी । प्रविधिको यस जमानामा सबैजना स्मार्टफोन (smartphone) को प्रयोग गर्छन् । यो उपकरणमा मानिसको महत्वपूर्ण कागजातहरु, तस्वीरहरु र बैंक अकाउन्ट नम्बर जस्तो महत्वपूर्ण जानकारी रहेको हुन्छ । तर कहिलेकाही स्मार्टफोन ह्याक हुन्छ , जसमा प्रयोगकर्ताको निजी जानकारी लिक गर्न मिल्छ । प्रायजसो मानिसहरुलाई यसको बारेमा थाहा हुन्छ । यस्तो संकेतले मोबाइल ह्याक भएको छ वा छैन भन्ने थाहा हुन्छ ।

फोनको ब्याट्री छिटै सकिन्छ : यदी स्मार्टफोनको ब्याट्री धरै दिन देखि छिटै सकिन थालेको छ भने मोबाइलमा भाइरस वा जासुसी गर्ने स्पाई एप इन्स्टल भएको हुन सक्छ। यो एप्स मोबाइलमा भएको रिसोर्सेजको मध्यमबाट महत्वपूर्ण सूचना आफ्नो सर्भर सम्म लैजान्छ जसको कारण ब्याट्रीमा असर पर्न जान्छ ।

अज्ञात एसएमएस : प्राय फोन ह्याक भएपछि प्रयोगकर्तालाई नचिनेको नयाँ नम्बरबाट मेसेज आउने गर्छ वा प्रयोगकर्ताको फोनबाट सथिहरु , परिवारको सदस्यलाई आफै मेसेज जान्छ । यस्तो परिस्थितिमा मोबाइल ह्याक भएको थाहा हुन्छ । यसबाट बच्नको लागि बिर्सेर पनि त्यसमा दिइएको लिंकलाई खोलेर हेर्न हुन्न र उक्त मेसेजलाई तुरुन्त डिलिट गर्नुपर्छ । यसले फोन ह्याक हुन पाउदैन ।

स्मार्टफोन धेरै तातो हुनु : कहिलेकहिँ फोन धेरै चलाउदा मोबाइल तातो हुने गर्छ । अमेरिकामा विशेषज्ञहरुले फोनको ब्याकग्राउण्डमा भाइरस युक्त एप्स चलाउदा फोन ज्यादै तातो हुने बताउछन् । यस्तो एप्स लगातार काम गरिरहन्छ र प्रयोगकर्ताको डाटा आफ्नो सर्भरमा ट्रान्सफर गर्छ ।

स्मार्टफोनको स्पीड : भाइरस वा मेलिसियस एपको कारण स्मार्टफोनको स्पीड कम हुँदै जान्छ । यस्तो एप्सले प्रयोगकर्ताको उपकारणको क्षमता र सूचना प्रभावित गर्दछ । उपकरणलाई ह्याक हुनबाट जोगाउन समय९समयमा अपरेटिङ्ग सिस्टम अपडेट गर्नु पर्छ । यस्तो गर्दा ह्याकर्स फोनलाई ह्याक गर्न पाउदैनन् ।