२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मार्टफोन ह्याक भएका संकेतहरु के-के हुन् ? यसरी थाहा पाउनुहोस्



अ+ अ-

एजेन्सी । प्रविधिको यस जमानामा सबैजना स्मार्टफोन (smartphone) को प्रयोग गर्छन् । यो उपकरणमा मानिसको महत्वपूर्ण कागजातहरु, तस्वीरहरु र बैंक अकाउन्ट नम्बर जस्तो महत्वपूर्ण जानकारी रहेको हुन्छ । तर कहिलेकाही स्मार्टफोन ह्याक हुन्छ , जसमा प्रयोगकर्ताको निजी जानकारी लिक गर्न मिल्छ । प्रायजसो मानिसहरुलाई यसको बारेमा थाहा हुन्छ । यस्तो संकेतले मोबाइल ह्याक भएको छ वा छैन भन्ने थाहा हुन्छ ।

फोनको ब्याट्री छिटै सकिन्छ : यदी स्मार्टफोनको ब्याट्री धरै दिन देखि छिटै सकिन थालेको छ भने मोबाइलमा भाइरस वा जासुसी गर्ने स्पाई एप इन्स्टल भएको हुन सक्छ। यो एप्स मोबाइलमा भएको रिसोर्सेजको मध्यमबाट महत्वपूर्ण सूचना आफ्नो सर्भर सम्म लैजान्छ जसको कारण ब्याट्रीमा असर पर्न जान्छ ।

अज्ञात एसएमएस : प्राय फोन ह्याक भएपछि प्रयोगकर्तालाई नचिनेको नयाँ नम्बरबाट मेसेज आउने गर्छ वा प्रयोगकर्ताको फोनबाट सथिहरु , परिवारको सदस्यलाई आफै मेसेज जान्छ । यस्तो परिस्थितिमा मोबाइल ह्याक भएको थाहा हुन्छ । यसबाट बच्नको लागि बिर्सेर पनि त्यसमा दिइएको लिंकलाई खोलेर हेर्न हुन्न र उक्त मेसेजलाई तुरुन्त डिलिट गर्नुपर्छ । यसले फोन ह्याक हुन पाउदैन ।

स्मार्टफोन धेरै तातो हुनु : कहिलेकहिँ फोन धेरै चलाउदा मोबाइल तातो हुने गर्छ । अमेरिकामा विशेषज्ञहरुले फोनको ब्याकग्राउण्डमा भाइरस युक्त एप्स चलाउदा फोन ज्यादै तातो हुने बताउछन् । यस्तो एप्स लगातार काम गरिरहन्छ र प्रयोगकर्ताको डाटा आफ्नो सर्भरमा ट्रान्सफर गर्छ ।

स्मार्टफोनको स्पीड : भाइरस वा मेलिसियस एपको कारण स्मार्टफोनको स्पीड कम हुँदै जान्छ । यस्तो एप्सले प्रयोगकर्ताको उपकारणको क्षमता र सूचना प्रभावित गर्दछ । उपकरणलाई ह्याक हुनबाट जोगाउन समय९समयमा अपरेटिङ्ग सिस्टम अपडेट गर्नु पर्छ । यस्तो गर्दा ह्याकर्स फोनलाई ह्याक गर्न पाउदैनन् ।