३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मंगलबार नेप्से परिसूचक ६५.४९ अंकले बढेर २ हजार ४७३.७३ विन्दुमा बन्द

मंगलबार नेप्से परिसूचक ६५.४९ अंकले बढेर २ हजार ४७३.७३ विन्दुमा बन्द
अ+ अ-

काठमाडौं । मंगलबार नेप्से परिसूचक ६५.४९ अंकले बढेको छ । यो दिन नेप्से परिसूचक २.७२ प्रतिशतले बढेर २ हजार ४७३.७३ विन्दुमा पुगेको हो । 

सेन्सेटिभ इन्डेक्स भने ३.२२ प्रतिशत बढेर ४५१.३८ विन्दुमा पुगेको छ । २ हजार ४३४.४८ विन्दुदेखि खुलेको बजार मंगलबार निरन्तर बढेर बन्द भएको हो । यस दिन रू. ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजार बराबरको १ करोड ५३ लाख २५ हजार ६२३ कित्ता शेयर खरीदविक्री भएको छ । सोमबारको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको हो । सोमबार रू. ६ अर्ब ९७ करोड २९ लाख ३६ हजार बराबरको १ करोड ३३ लाख ११ हजार ९४२ कित्ता शेयर कारोबार भएको थियो । 

मंगलबारको बजारबाट निर्जीवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन डेड दर्जन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएकोमा धेरै जसो निर्जिवन बीमा कम्पनीहरु रहेका छन् । यस दिन प्रभु लाइफ र युनाइटेड इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले र बाँकी  कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।

त्यस्तै सपोर्ट माइक्रोफाइनान्स र जनउत्थान सामूदायिक लघुवित्तको ९.९८ प्रतिशत, गुराँस लघुवित्त वित्तीय संस्थाको ९.९५ प्रतिशत, अजोड इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको ९.९० प्रतिशत, एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको ९.८८ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्सको ९.८७ प्रतिशत, जनरल इन्स्योरेन्स र माउण्टेन इनर्जी नेपालको ९.८६ प्रतिशत बढेको हो ।

त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्सको ९.७१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ९.५३ प्रतिशत, मल्टिपर्पस फिनान्सको ९.५२ प्रतिशत, ग्लोबल आइएमई बैंकको ९.४८ प्रतिशत, एभरेष्ट इन्स्योरेन्स सर्वसाधारण शेयरको ९.४० प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्सको ९.२८ प्रतिशत र आरएसडिसी लघुवित्तको ९.२० प्रतिशतले शेयरमूल्य बढेको हो ।

मंगलबार निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ५.०४ प्रतिशतले बढेको छ भने होटल समूहको २.८५ प्रतिशतले घटेको छ । यो दिन बैंकिङको १.९९ प्रतिशत, व्यापारिकको १.१२ प्रतिशत, विकास बैंकको १.१४ प्रतिशत, जलविद्युतको १.८२ प्रतिशत बढेको छ । वित्तको ०.१३ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.०१ प्रतिशत, अन्यको ४.०७ प्रतिशत, लघुवित्तको ३.८ प्रतिशत, जीवन बीमाको ३.३५ प्रतिशत र म्युचुअल फण्डको ०.२३ प्रतिशतले परिसूचक बढेको छ ।

सोमबारदेखि सर्वाधिक रकमको कारोबार गर्ने पहिलो नम्बरको स्थान ओगटेको नेपाल पुनर्बीमा कम्पनीले मंगलबार पनि सो स्थान सुरक्षित राखेको छ । सोमबार रू. ५८ करोड ५६ लाख ९८ हजार बराबरको शेयर कारोबार भएको कम्पनीको मंगलबार रू. ५८ करोड २५ लाख ९३ हजार बराबरको शेयर कारोबार भएको छ ।

यो दिन शेयरमूल्य पनि प्रतिकित्ता रू. ३५ ले बढेर अन्तिम मूल्य रू. १ हजार ६५२ कायम भएको छ । यो कम्पनीको न्यूनतम रू. १ हजार ६२४ देखि अधिकतम रू. १ हजार ६८३ सम्मको मूल्यमा शेयर कारोबार भएको हो ।