• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   २०२४ को सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ‘कल्की’ ★   नेकपा एसको महाधिवेशन: ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा ★   मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु ★   मधेसमा खानेपानीको समस्या तत्काल समाधान गर्न दातृ निकायसँग छलफल भइरहेको छ: अर्थमन्त्री पुन ★   नयाँ पर्यटन गन्तव्यका रूपमा विकास हुँदै नुवाकोटको ‘सूर्यचौर’ ★   पृथ्वीमा जब १०–२० लाख वर्षसम्म लगातार पानी परिरह्यो ★   ललितपुरबाट सुन गाल्ने मेसिन र ५० लाखसहित पाँच जना पक्राउ ★   प्रचण्ड सरकारमाथि समर्थन फिर्ताको एमालेले पठाएको पत्र संसद सचिवालयमा दर्ता ★   कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण, सवारी सञ्चालनमा रोक ★   प्रादेशिक अस्पतालमा मेडिकल कलेज सञ्चालन गर्न उपयुक्त हुन्छ: शिक्षामन्त्री श्रेष्ठ

संसद् बैठकबारे कांग्रेसभित्र अन्योल, देउवाले बोलाए बैठक



file photo

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदुमा रहेको पूर्व र वर्तमान पदाधिकारीको बैठक बोलाएका छन् । देउवाले आफ्नै निवास बुढानिलकण्ठमा आज बिहान ८ बजेका लागि बैठक बोलाएका हुन् ।

नेपाली कांग्रेसले चैत २ गतेदेखि नै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ ।

बैठकमा कांग्रेस सांसदहरुले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने भनेका छन् । तर सत्तारुढ दलहरुले मानेका छैनन् । यही विषयले संसद् बैठक नै प्रभावित हुने जोखिम छ ।

अघिल्लो बैठकमा त महामन्त्री विश्वप्रकाश शर्माले अर्को बैठकसम्म छानबिन समिति गठन नभए बैठक नै चल्न नदिने चेतावनी दिएका थिए । प्रतिनिधिसभा बैठक भोलि बस्दै छ । त्यही विषयमा देउवाले आज पार्टीभित्र छलफल गर्न लागेका हुन् ।

संसद्मा अवरोध गर्ने भनेर कांग्रेसले अहिलेसम्म निर्णय भने गरिसकेको छैन । पार्टीको संस्थागत निर्णय नभएको भन्दै केही सांसदहरुले असन्तुष्टिसमेत जनाइसकेका छन् ।

संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।