• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण, सवारी सञ्चालनमा रोक ★   प्रादेशिक अस्पतालमा मेडिकल कलेज सञ्चालन गर्न उपयुक्त हुन्छ: शिक्षामन्त्री श्रेष्ठ ★   प्रधानमन्त्रीले सोमबार वा मंगलबार विश्वासको मत लिने ! ★   बेलायतको चुनावमा लेबर पार्टीको फराकिलो जीत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने ★   प्रधानमन्त्री मोदीले रोहितलाई सोधे – माटोको स्वाद कस्तो थियो ? ★   सहरमा बास, गाउँकै खान्कीमा चाख ★   वर्तमान सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ: अध्यक्ष नेपाल ★   कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँ: अर्थमन्त्री पुन ★   कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी ★   मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै

संसद् बैठकबारे कांग्रेसभित्र अन्योल, देउवाले बोलाए बैठक



file photo

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदुमा रहेको पूर्व र वर्तमान पदाधिकारीको बैठक बोलाएका छन् । देउवाले आफ्नै निवास बुढानिलकण्ठमा आज बिहान ८ बजेका लागि बैठक बोलाएका हुन् ।

नेपाली कांग्रेसले चैत २ गतेदेखि नै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ ।

बैठकमा कांग्रेस सांसदहरुले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने भनेका छन् । तर सत्तारुढ दलहरुले मानेका छैनन् । यही विषयले संसद् बैठक नै प्रभावित हुने जोखिम छ ।

अघिल्लो बैठकमा त महामन्त्री विश्वप्रकाश शर्माले अर्को बैठकसम्म छानबिन समिति गठन नभए बैठक नै चल्न नदिने चेतावनी दिएका थिए । प्रतिनिधिसभा बैठक भोलि बस्दै छ । त्यही विषयमा देउवाले आज पार्टीभित्र छलफल गर्न लागेका हुन् ।

संसद्मा अवरोध गर्ने भनेर कांग्रेसले अहिलेसम्म निर्णय भने गरिसकेको छैन । पार्टीको संस्थागत निर्णय नभएको भन्दै केही सांसदहरुले असन्तुष्टिसमेत जनाइसकेका छन् ।

संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।