२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् बैठकबारे कांग्रेसभित्र अन्योल, देउवाले बोलाए बैठक



file photo
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदुमा रहेको पूर्व र वर्तमान पदाधिकारीको बैठक बोलाएका छन् । देउवाले आफ्नै निवास बुढानिलकण्ठमा आज बिहान ८ बजेका लागि बैठक बोलाएका हुन् ।

नेपाली कांग्रेसले चैत २ गतेदेखि नै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ ।

बैठकमा कांग्रेस सांसदहरुले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने भनेका छन् । तर सत्तारुढ दलहरुले मानेका छैनन् । यही विषयले संसद् बैठक नै प्रभावित हुने जोखिम छ ।

अघिल्लो बैठकमा त महामन्त्री विश्वप्रकाश शर्माले अर्को बैठकसम्म छानबिन समिति गठन नभए बैठक नै चल्न नदिने चेतावनी दिएका थिए । प्रतिनिधिसभा बैठक भोलि बस्दै छ । त्यही विषयमा देउवाले आज पार्टीभित्र छलफल गर्न लागेका हुन् ।

संसद्मा अवरोध गर्ने भनेर कांग्रेसले अहिलेसम्म निर्णय भने गरिसकेको छैन । पार्टीको संस्थागत निर्णय नभएको भन्दै केही सांसदहरुले असन्तुष्टिसमेत जनाइसकेका छन् ।

संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।