४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डविरुद्धको अवहेलनाको मुद्दाको पेसी सर्यो



अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको अदालतको अवहेलना मुद्दाको पेसी सरेको छ । मुद्दाको पेसी न्यायाधीश मनोज शर्माको इजलासमा तोकिएपनि बेञ्च बस्न नपाएकाले मुद्दाको पेसी सरेको सर्वोच्च अदालतले जनाएको छ । 

सर्वोच्च अदालतमा अध्यक्ष प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले सोमबार अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । शुक्रबार मोरङको विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्ने क्रममा अदालतमाथि टिप्पणी गरेका थिए । 

विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भनेका थिए, ‘सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौँ । हामीलाई अदालतप्रति विश्वास छ तर पनि जनताको अदालत नै ठूलो हो । सारा देशले सुने हुन्छ ।’