१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक आयोगमा नियुक्तमध्ये ३८ जना पदाधिकारीहरुद्वारा शपथ ग्रहण



अ+ अ-

काठमाडौँ । विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई बुधबार बिहान राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइएको छ । बुधबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराउनुभएको हो ।

राष्ट्रपति भवन शितल निबासमा आयोजना गरिएको कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत अध्यक्षसहितका पदाधिकारी गरी ४५ जना लाई सपथ गराउने तयारी रहेकोमा ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । लामो समयदेखि रिक्त रहेको संवैधानिक आयोगहरुमा परिषदको बहुमत सदस्यले नियुक्तिको सिफारिस गरेको थियो ।  

मंसिर ३० गते बसेको संवैधानिक परिषद् बैठकले संवैधानिक आयोगमा रिक्त रहेको ४५ जना पदाधिकारी तथा सदस्यहरू नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सो निर्णय संवैधानिक परिषद्ले ५ पुसमा संसद् सचिवालयमा पठाएको थियो । सिफारिस भएकाको नाममा ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५’ मा ४५ दिनभित्र निर्णय दिन नसके स्वतः नियुक्ति हुने प्रावधान रहेको छ ।

तर समितिका सदस्य एबं सभामुख अग्नी सापकोटाले निर्णय प्रक्रिया प्रति असहमति जनाउदै आउनुभएका छ । भने प्रक्रिया परिबर्तन गरी अध्यादेश मार्फत  नियुक्ति गरिएको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षदलका नेता शेर बहादुर देउवाले पनि बिमति जनाउनुभएको थियो ।