• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको उच्च प्रदर्शन जारी छ । गएराति भएको खेलमा आर्सनलले ब्राइटनलाई ३–० गोलले पराजित गर्यो ।

ब्राइटनमाथि उसकै घरेलु मैदानमा जित निकालेको आर्सनल पुनः अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

आर्सनललाई महत्वपूर्ण जित दिलाउन बुकायो साका, काई हाभेट्र्ज र लियान्ड्रो ट्रोसार्डले गोल गरे । खेलको ३३ औं मिनेटमा साकाले पेनाल्टीमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

६२ औं मिनेटमा हाभेट्र्जले र ८६ औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनलको जित सुनिश्चित गरे ।

आर्सनलको ३१ खेलबाट ७१ अंक छ । एक खेल कम खेलेको लिभरपुल ७० अंकका साथ दोस्रो तथा ३१ खेल खेलेको म्यान्चेस्टर सिटी ७० अंकसहित तेस्रो स्थानमा छ ।

लिभरपुलले आज राति म्यान्चेस्टर युनाइटेडको सामना गर्दैछ । पराजित ब्राइटन ३१ खेलबाटै ४३ अंकका साथ १० औं स्थानमा छ ।